विद्यालय मर्ज अभियान चलाऔँः मन्त्री गिरिराजमणि पोखरेल
लोकप्रिय समाचार
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले विद्यालय मर्जर अहिलेको आवश्यकता रहेको बताउनु भएको छ । महोत्तरीको बर्दिवासमा बर्दिवास नगरपालिकाले आयोजना गरेको “बर्दिवास शिक्षा सम्मेलन” लाई सम्बोधन गर्नु हुँदैं मन्त्री पोखरेलले सार्वजनिक विद्यालयको सवलिकरणको लागि शिक्षालाई गुणस्तर बनाउन र सार्वजनिक विद्यालयको गुज्रिदै गरेको समस्यालाई सम्बोधन गर्न विद्यालय मर्जर अहिलेको आवश्यकता रहेको बताउनु भयो ।
यस्तो प्रकारको शिक्षा सम्मेलन सबै स्थानीय तहमा गर्नु जरुरी रहेको बताउनु भयो । कार्यक्रममा सम्बोधन गर्दै बर्दिवास नगरपालिकाका नगर प्रमुख विदुर कुमार कार्कीले बर्दिवास नगरलाई यस क्षेत्रकै शैक्षिक हव बनाउन नगरले काम गरिरहेको र सार्वजनिक विद्यालय सवलीकरण पहिलो प्राथमिकता रहेको बताउनु भयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको प्रेस सल्लाहकार सुनिल खड्काका अनुसार यस अघि विपि कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरीको आयोजनामा महोत्तरीको बर्दिबासमा आयोजित खगोल विज्ञान तथाअन्तरास्ट्रिय बिज्ञान सम्बन्धि ३ दिवसीय स्कुलकार्यक्रमको उद्घाटन गर्नु गर्नु भएको थियो ।
कार्यक्रमको उद्धघाटन गर्नु हुदैं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अनादी कालदेखि नै मानवका लागि धार्मिक वैज्ञानिक तथा आध्यात्मिक दृष्टिकोणबाट एउटा कौतुहलताको विषय रहदै आएको बताउनु भयो । आजको आधुनिक विज्ञान खगोल विज्ञानको प्रारम्भ नैे ग्रहण जस्ता खगोलिय घटनाबाट प्रारम्भ भएको हो। तसर्थ ग्रहणलाई खगोल विज्ञानको अध्ययनको जननी पनि मान्न सकिन्छ। ग्रहणको प्रत्यक्ष अवकोलनबाट जनमानसमा वैज्ञानिक चेतना तथा संस्कारको प्रार्दुभाव हुने कुरा म विश्वस्त छु । यसबाट एकतिर प्रारम्भिक खगोल विज्ञानको अध्ययन अनुसन्धानमा सहजता आउने छ । अर्कोतिर समाज व्याप्त अन्धविश्वासको निराकरण गर्नमा पनि सहयोग पुग्ने छ भन्ने मैले आशा लिएको अलौकिक खगोलिय घटनालाई धार्मिक दृष्टिकोणबाट भन्दा वैज्ञानिक दृष्टिकोणबाट अवलोकन गर्न समुचित देखिन्छ उँहाले बताउनु भयो ।