स्काभेटरले पल्टाएको ढुङ्का लागेर राजु चदराको निधन

 लोकप्रिय समाचार
               जिल्ला मेलम्ची नगरपालिकामा काम गर्दै रहेको स्काइभेटरबाट ढुङ्गा खस्न गइ, कामगरिरहेको राजु चदरा मजदुरको निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक  माधव प्रसाद काफ्लेका अनुसार यही मिति २०७६ माघ ७ गते सवा तिन बजेको समयमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं.०६ नेपाने टोल स्थित शान्ती देवी कन्ट्रक्सन प्रा.लि.चौताराको ठेकेदारीमा सञ्चालन भएको सडकको मेसिनरी वाल लगाउदै गरेको थियो । सोही स्थानमा स्काभेटरले १५ फिट माथि फण्डेशनको काम गर्दै गरेको अवस्थामा ढुङ्गा अचानक पल्टिन गई सोही स्थानमा काम गर्दै गरेको कामदार, जाजरकोट जिल्ला साविक दशेरा गा.वि.स.०९ हाल छेडागाऊँ न.पा.०५ बस्ने वर्ष १८ को राजु चदारालाई पल्टिदै आएको ढुङगाले लाग्न गई निज राजु चदाराको घटना स्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी हुनासाथ उक्त स्थानमा ईलाका प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चोकबाट प्रहरी अधिकृत सहितको टोली खटि गएको, स्काभेटर प्रहरीको नियन्त्रणमा रहेको, स्काभेटर चालक वारदात पश्चात फरार रहेको, मृतक लाश मेलम्ची स्वास्थ्य केन्द्रमा सुरक्षित रहेको, फरार चालकको तदारुक्ताका साथ खोजतलास कार्य जारी रहेको छ ।

,