घरटहराका भत्काउँन बाह्रबिसेनगरमा डोजरको प्रयोग


लोकप्रिय समाचार सिन्धुपाल्चोक जिल्लाके बाह्रबिसे नगरपालीकाले सडक जाम भइरहने समस्यालाइ समाधान गर्न र अनियमित तरिकाले निर्माण गरिएकाृ घर टहरा हटाउँनका लागी शुक्रबार बिहान बाह्रबिसे बजारमा डोजर चलाएको छ ।

बाह्रबिसे नगरपालीका   भित्र रहेका सडक अतिक्रमण गरि बनाइएका घर टहरा भत्काउनका लागी यस अघि पटक पटक सार्वजनिक सूचना भएपनि कार्यान्वयन भएको  थिएन । २०७४सालमा  अतिक्रमण गरि बनाइएको घर टहरा हटाउँने निर्णय  भएको र त्यती बेला सुचना समेत जारी गरिएको भइता पनी हाल सम्म हटाइएको थिएन । त्यसकारण नगरपालीकाले माघ ३ गते बाह्रविसे नगरपालिकाले बजार क्षेत्रमा सडक अतिक्रमण गरि बनाइएका घर टहरा भत्काउँने क्रम शुरु गरेको हो  । बाह्रविसे नगरपालिकाका नगर प्रमुख  निमफुञ्जो शेर्पा सहित सडक बिभागका कर्मचारी नगरपालीकाका पदाधिकारी कर्मचारी तथा प्रहरीहरु समेत  भएर टहरा भत्काउँने काम गरिएको थियो  । पटक पटक सुचना दिदा पनी अटेर गरेको र  सिन्धुपाल्चोक जिल्लाको प्रशिद्ध तिर्थ स्थल र तातोपानी नाका भन्सार जाने मार्गको रुपमा रहेको   बजारमा अनियमितता हुँदा सिङ्गो नगरको काममा असफलता देखिने भए पछी नगर पालीकाले घर टहरा हटाउँन शूरु गरेको  नगर प्रमुख निमफुञ्जे शेर्पााले बकतायउँनु भयो ।  उँहाले  ‘सडक अतिक्रमण गरि बनाइएका घर टहराले बजारक्षेत्र पनी कुरुप बन्यो, सडक दुर्घटनाको जोखिम बढेको र बजारमा ब्यबस्थीत सडकको समेत ब्यबस्था गर्नका लागी यो अभियान चाल्न परेको बताउँदै, नगर प्रमुख निमफुञ्जो शेर्पा ले सडकको दाँयाबायाँ निर्माण सामाग्री समेत नराख्न र अतक्रिमण गरि बनाइएका घर  टहरा हटाउँन सम्बन्धीत  सबैलाइ  अनुरोध गर्नु भएको छ ।   शुक्रबार बिहान बिहान ७ बजेदेखी घर टहरा भत्काउन सुरु गरिएको थियो । बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्र छेउबाट घर टहरा भत्काउन सुरु भइरहँदा केही समान्य बिबाद भएको थियो  । नगरपालीकाकाले २०७४मा नै निर्णय गरेको र पटक पटक सुचना प्रबाह गर्दा पनी नहटेको  २०७५ साल भादौमा समेत तत्काल हटाउँने निर्णय भएको तर त्यस समय बिजया दशमीको पर्ब परेकाले पर्ब सकै लगत्तै आआफ्नो टहरा  आफैले भत्काउँने सहमती भएको र २०७६साल मंसिरमा पनी यस बिषयमा कार्यपालीकामा छलफल भए पछी पौष मसान्त सम्मको समय अबधी दिएर बजारमा माइकीङ्ग समेत गर्दै  हटाउँन अनुरोध गरिएको र सो समयमा पनी  घर टहरा नहटाए पछी  डोजर लगाइ घर टहरा भत्काइएको नगरपालीकाका शाखा अधिकृत युग बहादुर  खड्काले बताउँनु भयो ।

, , , ,