सामुदायिक वनका अभियन्ता भण्डारीको निधन



राम के.सी.
चौतारा २३ पुस ÷ सिन्धुपाल्चोक जिल्लाको ठोकर्पालाई सामुदायिक वनको उद्गमस्थलको रुपमा विश्वमा परिचित गराउने अभियन्ता नील प्रसाद भण्डारीको ८२ वर्षको उमेरमा आज विहान कोटेश्वर स्थित निवासमा निधन भएको छ । उहाँको पार्थिव शरीर लाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारजनले वताएका छन ।


दुइ वर्ष देखि प्रोष्टेड ग्ल्यान्स र फोक्सोको क्यान्सर वाट पीडित स्वर्गीय भण्डारीको श्रीमति दुई छोरा र तिन छोरीहरु छन ।
वि.स. २०१७ साल वाट राजनीतिमा होमिएका भण्डारीले तत्कालिन ठोकर्पा गाविसका प्रधानपञ्चको हैसियतले समुदायको सहभागीताले मात्र वन जंगलको संरक्षण सम्भव हुने मान्यता राखि नाङगा वन पाखामा वन जोगाउने अठोट गर्नु भएको थियो । सोही अठोट अनुरुप २०२९÷३० सालमा गाँउ देखि चौताराको पात्लेपानी वन नर्सरी बाट आते जाते १४ कोष पैदल वाटो हिडेर गाउलेहरुले डोकोमा विरुवा बोकेर बृक्षारोपन गरेका थिए । आफुले रोपेको विरुवा आफैले हुर्काउने जिम्मा दिएपछि तीन घण्टा टाढा वाट गाग्री र टिनमा बोकेर ल्याएको पानी हालेर फागुन चैतको सुख्खा मौसममा पनि विरुवा हुर्काएका थिए ।
यसरी ठोकर्पा (हाल सुनकोशी गाउपालिका १) लाई सामुदायिक वनको उद्गमस्थलको रुपमा परिचित गराए वापत जनस्तरमा स्वर्गीय भण्डारी र कर्मचारी स्तर वाट तत्कालिन सिन्धुपाल्चोकका डि एफ ओ डाक्टर तेज बहादुर सिंह महतलाई नेपाल सरकारले अभियन्ताको रुपमा घोषणा गरेको थियो । २०३० साउन २५ गते वाट विधिवत रुपमा सुरुवात गरेवापत २०७३ साल देखि प्रत्येक वर्षको साउन २५ गते लाई सामुदायिक वन दिवस मनाउने निर्णय गरेको थियो ।
नेपाल सरकारले ठोकर्पामा सामुदायिक वन अन्तराष्ट्रिय स्तरको अध्ययन केन्द्र खोल्ने निर्णय गरि विस्तृत परीयोजना प्रतिवेदन डीपीआर समेत तयार भैसकेको छ । रासस

, , , ,