सिन्धुपाल्चोकको बुढीचौरलाई पर्यटकीय क्षेत्र बनाइने

रुपक पुरी
लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिकाको वडा नम्बर ९ र १० को बुढीचौरलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने भएको छ। ३ नम्बर प्रदेशको वन, पर्यटन तथा उद्योग मन्त्रालयबाट पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न २ करोड ५० लाख विनियोजन गरिएको छ। यहीँ आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने बुढीचौर परियोजनाको स्थलगत निरीक्षण मन्त्रालयका योजना प्रमुख शिव सापकोटा, ईलाका वन कार्यालय नवलपुरका प्रमुख पन्नालाल चौधरी, नेकपाका जिल्ला अध्यक्ष झम्क नेपाल लगायतले गर्नुभएको थियो । बुढीचौर पर्यटकीय क्षेत्र  विकास समितिका लायुर लामाले सबै क्षेत्रबाट यस कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

, ,