धुस्कुनको सुनकोशीमा त्रिपुरासुन्दरी खुल्ला भलिबल प्रतियोगिता हुने

लोकप्रिय समाचार
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ धुस्कुनको सुनकोशीमा त्रिपुरासुन्दरी खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । गाउँपालिकामा पहिलो पटक आयोजना गर्न लागिएको यो प्रतियोगिता माघको १५ गतेबाट १८ गतेसम्म सञ्चालन हुन लागेको हो ।

पर्यटन वर्ष २०२० लाई लक्षित गरी युवा जागरणको आवश्यकतालाई आत्म–साथ गर्दै ग्रामीण भेगमा रहेका उद्यमान खेलाडीहरुलाई राष्ट्रिय खेलकुदको उच्च तह सम्म पुग्ने हौसला र प्रेरण मिल्ने उदेश्यका साथ भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको वडा नम्बर ३ का अध्यक्ष सुकदेव रिसालले बताउनुभयो । सिन्धुपाल्चोक जिल्ला अन्तरपालिका स्तरीय खुल्ला भलिबल प्रतियोगिता हने वडाध्यक्ष रिसालको भनाई छ । प्रतियोगितामा प्रथम हुने टिमले ट्रफि मेडल र प्रमाण पत्रको साथमा नगर ७० हजार पाउनेछन् । प्रतियोगितामा दोश्रो हुने टिमले ट्रफि मेडल र प्रमाण पत्र सहित नगद ४० हजार पाउनेछन् । साथै उत्कृष्ट ३ विधाका खेलाडीहरुलाई मायाको चिना दिने आयोजकले जनाएको छ । माघ १३ गते सम्म टिम दार्ता आधीकारिक व्यक्तिबाट गराई सक्नु पर्ने छ । सिन्धुपाल्चोक जिल्ला स्तरीय विभागीय टिमले समेत टिम दर्ता गरि खेल खेल्न पाईने छ । अन्तर पालिका स्तरीय खुल्ला भलिबल प्रतियोगिता भएको हुदाँ १ टिममा ४ जना भन्दा बढी बाह्य खेलाडी समावेस गर्न नपाईने आयोजकले जनाएको छ । जसको लागी खेलाडीहरुको परिचय खुल्ने कागज पत्र टिम दर्ता गर्दानै पेश गर्नु पर्ने गरी नियम बनाईएको छ । त्रिपुरा सुन्दरी खुल्ला भलिबल प्रतियोगिता २०७६ मा आफ्नो गाउँपालिका भित्रको टिमलाई सहभागी गराई खेलकुदको क्षेत्रमा हौसला प्रदान गर्न गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले आग्रह समेत गर्नु भएको छ । 

, ,