वडा१४ काठेपोल मुक्त वडा घोषणा


 सगुन बस्नेत, सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४लाइ  काठको पोल मुक्त  वडा घोषणा गरिएको छ ।


चौतारा साँगाचोकगढी नगरपालीकाले नगर पालीकालाइ काठको पोल मुक्त वडा घोषणा गर्ने अभियान अगाडी सारेको हुँदा  उक्त  अभियानको शुरुवात १४ बाट गरिएको हो ।
शुक्रबार एक  समारोहका बिच नगर प्रमुख अमान सिंह तामाङ्गले काठको पोल मुक्त वडा घोषणा गर्नु भएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख तामाङ्गले  यो कार्यक्रम  एक ऐतिहासिक दिनको रुपमा आएको दिन भएको बताउँनु भयो । उँहाले नगरपालिकामा पहिलो पटक काठको पोल मुक्त वडा घोषणाा गिरएको दिन एतिहासिक दिनको शुरु भएको बताउँनु भयो ।
उँहाले आफु ले निर्बाचनताका बिजुलिको समस्या परेका नागिरक हरुले काठको कुहिएको पोल प्रयोग गरेका  कारण बिजुलिको तारको जाेिखम देख्दा यसकोसमस्या समाधानको लागि आफुले काठको पोल मुक्त गर्ने योजना अगाडि सारेको बताउदै यस कार्यमा कुलमान घिसिङ्ग , बर्षमान पुन देखि लियर नानिकाजि थापाले गरेको सहयोगको प्रशंसा गनु भयो ।उहाले मानिबय क्षतिलाइ रोक्नका लागि कालो तार आबश्यक भएकाले कालो तारको पनी छिटै प्रयोग गरिनु पर्ने बताउँनु भयो । उँहाले  सुरक्षित र स्थाइत्व काम गर्न पर्ने , बिधुत चोरि हसन नदिन सबै लागी पर्नु  पर्ने बताउँनु भयो ।
उँहाले नगरका हरेक नागिरकलाई खानेपानिका लागि १घर एक धारा खाने पानी , एक घर एक प्राबिधिक उत्पादन को बिकास गरेर  आत्मानिर्भरतामा सहयोग गर्ने बताउँदै शिक्षा क्षेत्रमा सहयोग गरिरहेको र पशुपालन क्षेत्रमा हरेक दूध बिक्रेतालाई नगरपालिकाले प्रति लिटर तीन रुपैया थप अनुदान दिने  बताउनु भयो । कार्यक्रमका बिषेश अतिथी सिन्धुपाल्चोक जिल्ला लामो साँघु बिधुत बितरण प्रशारणका प्रमुख नानिकाजि थापाले  मिटर नराख्नेले मिटर राख्नका लागि निबेदन दिन साथ थप जनशक्ति राखेर भय पनि तत्काल मिटर जडान गरिने ब्यबस्था भएको हुँदा हुक लगाउने काम कसैले पनि गर्न नहुने बताउनु भयो । उँहाले बिजुलीको बिल तिर्न बाँकी भएकाहरुले समयमा नै  बिल तिरेर   जरिवानाबाट बच्न आग्रह गर्दै आफुले सिन्धुपाल्चोक जिल्लालै नै काठको पोल मुक्त जिल्ला बनाउँन लागी परेको बताउँनु भयो । उँहाले हुक लगाइएको पाइएमा  बिधुत चोरी अन्तरर्गत कडा कार्बाही गरिने  भएकाले  त्यस्तो काम कसैबाट पनी हुन नहुने बताउँनु भयो ।कार्यक्रममा वडाअध्यक्ष शेर बहादुर श्रेष्ठ ले वडामा हुने कुनै पनी बिकासका कामहरु पारदर्शीताका साथ भइरहेको र वडालाइ काठको पोल मुक्त घोषणा गरे पछी अब कृषी पकेट वडा घोषणामा लाग्ने बताउँनु भयो । उँहाले वडामा गरिने हरेक बिकासका कामहरुमा सहयोग गर्ने सबैलाइ धन्यबाद समेत दिनु भयो । चौतारा साँगाचोकगढी नगरपालीका५का नरमान श्रेष्ठ १३का अध्यक्ष रामप्रसाद गौतम, लगाएत स्थानीयहरुको उपस्थिती रहेको थियो ।  वडाकार्यलयमा भएको बार्यक्रमको सञ्चालन भने वडा सदस्य भेष बहादुर नेपालले गर्नु भएको थियो । काठको पोल मुक्त कार्यक्रममा सहभागी झमलादेबी आधारभुत बिद्यालयका प्रधानध्यापक लालबहादुर  श्रेष्ठ ले नगरपालीकाले ल्याएको यो अभियानले बिद्युतको पोलका कारण हुने क्षतीलाइ कमी गर्न सकिने र अझ कालोतार  प्रयोग गरे पछी हुक लगाउँने समस्या पनी बन्द हुने र बिधुत चुवाहट नहुने भइकाले यो अभियानले सफलता पाउँने बताउँनु भयो ।

,