दिगो विकासका लागी नागरिक समाज र सञ्चारजगतको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरुको भनाई




दिगो विकासकालागी नागरिक समाज र सञ्चारजगतको भूमिका महत्वपूर्ण हुने कुरा सरोकारवालाहरुले औल्याएका छन् । इन्सेक सिन्धुपाल्चोक द्धारा ०७६ माघ ९ गते चौतारामा आयोजित “बिकासको लागी नागरिक समाज तथा सञ्चार जगत बीच सहकार्य” विषय अन्र्तक्रिया कार्यक्रममा जिल्लाका नागरिक समाजका प्रतिनिधिहरुले सो कुरा बताएका हुन् ।

नागरिक समाजको आम रुपमा सकारात्मक छवि निर्माणमा लागी पहल गर्ने उदेश्यले भएको अन्र्तक्रिया कार्यक्रमा नेपाल बार इकाइका सदस्य तथा अधिबक्ता सशिनाथ आर्चायले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । अधिवक्ता आचार्यले प्रस्तुत गर्नुभएको कार्यपत्रमा दिगो विकासको सरकारी लक्ष्य नागरिक दवाव र खवरदारी नरहे सम्म चरम बेथिती, भ्रष्टाचार र लुटतन्त्रमा परिणत हुन सक्नेकुरा औल्याएका छन् । अवको नागरिक आन्दोलनको बहस भूकम्प पछिको पुननिर्माणको अवस्था काहाँ पुगेको छ ? के अहिले बनेका दुइ कोठे छाप्रो घरमा नागरिकहरु सुरक्षित छन् ? दिनदिनै लैगिंक हिंसा र मानवअधिकार उल्लंघनका घटना भइरहेको पाइन्छ ती घटनाका पीडितहरुले के न्याय पाएका छन् ?  स्थानिय तहले अघि सारेका बिकास योजनाहरुले  साच्चै जनताको जीवनमा परिवर्तन ल्याउन सक्ने छन्  ? आर्थिक सामाजिक र साँस्कृतिक अधिकारहरु यथास्थितीकै अवस्थामा छन् के राज्य संरचनामा परिवर्तन संगै यी अधिकारहरुमा आमुल परिवर्तन आउनु पर्ने होइन ? शहिद परिवार, द्धन्द्ध पीडित, विस्थापित नागरिकहरुले अझैसम्म न्याय नपाउनुको कारण के हो ? सत्य निरुपण तथा मेलमिलाप आयोगले किन प्रभावकारी काम गर्न सकिरहेको छैन ? बिस्तृत शान्ति संझौताको पूर्ण कार्यान्वयन नहुनाले पुनः राजनीतिक द्धन्द्ध निम्तिएको छ  के यो समस्या नागरिक समाजको सवाल हुन पर्छ कि पर्दैन ? भन्ने कुरा कार्यपत्रमा उल्लेख छ ।
कार्यक्रममा प्रस्तुत भएको कार्यपत्र माथी टिम्पणी गर्दै नेपाल पत्रकार माहासंघका पुर्व अध्यक्ष युवराज पुरीले वर्तमान अवस्थामा नागरिक अभियान  किन शिथिल भएको हो ? त्यसको खोजी गरिनु पर्ने बताए । पुरीले नागरिक आन्दोलनका अभियान्ताहरु नागरिक अभियान भन्दा राजनीतिककर्मी भएर नागरिक समाजको अभियान कमजोर भएको बताउनु भयो ।
एकिकृत अखित नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष राजकुमार यादवले गाउँ गाउँमा युवा नभएर गाउ खाली भएर पनि नागरिक आन्दोलन शिथिल भएको बताउनु भयो ।
नेपाल वार इकाईका अध्यक्ष भेषराम ढकालले सर्वमान अवस्थामा सवैतिर उत्तरदाइत्व र जवाफदेहीता शुन्य भएको अवस्था देखिएको बताउनु भयो ।
अन्र्तक्रिया कार्यक्रमा अधिकार कर्मी हरि तिमल्सीना, यज्ञ दंगाल, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष तुलसीप्रसाद दंगाल, नेपाल पत्रकार माहासंघका सचिव दिनेश थापा, गैसस माहासंघका सचिव प्रकाश नेपाल, संचार कर्मी यज्ञ दंगालले वर्तमान समयमा नागरिक अभियान कमजोर भएको औल्याउदै त्यसलाई सुधार गरेर लैजानुपर्ने धारण राख्नुभयो ।
दलित अधिकारकर्मी रोजिना घतानीको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाले गर्नु भएको थियो । कार्यक्रमलाई सहजिकरण इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धितालले गर्नु भएको थियो ।
इन्सेक सिन्धुपाल्चोक द्धारा आयोजित विकासका लागि नागरिक समाज तथा सञ्चार क्षेत्र बीचको सहकार्य विषयक अन्र्तक्रिया कार्यक्रममा प्रस्तुत कार्यपत्र

अधिवक्ता शशिनाथ आचार्य
१.पृष्ठभूमि ः आजको परिवेशमा विश्व समुदाय विकास र आविष्कारमा तीब्र प्रतिस्पर्धा र्गिररहेको छ । विकासले विश्वलाई उत्तर आधुनिक युगमा प्रवेश गराएकोले मानव सभ्यतालाई नै नयाँ उचाईमा पु¥याईरहेको छ । विश्व समुदायका शक्ति राष्ट्रहरु सौर्य मण्डलका अन्य ग्रहहरुमा कसले कति ठुलो क्षेत्र ओगट्न सकिन्छ भनेर होडबाजी गरिरहेका छन् भने हामीहरु अहिले पनि नेपाली समाजका सामाजिक विकृति र विसंगतिका पर्खालहरु भत्काउँन सकिरहेका छैनौं ।
विभेद र असमानताहरु दिनदिनै घट्नुको साटो झनै बढ्दै गएको पाइन्छ । सरकारी नीति र योजनाहरु नाराका रुपमा आउँछन् तर तिनको प्रभावकारी कार्यन्वयन हुन सकिरहेको पाइँदैन । सपनाहरु बाँडिन्छन् तर ती सपनाहरु ठोस र मुर्त बन्न कति समय लाग्ने हो कुनै वस्तुनिष्ठ योजना र कार्यन्वयनको खाका प्रस्तुत गर्न सकिरहेको देखिदैन । बनाईएका योजनाहरुको कार्यन्वयन पक्ष झनै फितलो र दयनीय हुने गरेको यथार्थता कसैले नकार्न सक्दैन । उत्तदायित्व र जवाफदेहिता शून्य अवस्थामा रहेको देखिन्छ । राम्रा काम जति सबै मैंले गरेको र नराम्रा काम जति सबै अरुका कारणले भएको भनेर दोषरोपण गर्ने प्रवृत्ति मौलाउँदो अवस्थामा छ । सार्वजनिक सम्पत्तिमा व्यक्तिगत हैकम जमाउँने, दुरुपयोग गर्ने र निजी आर्जनमा परिणत गर्ने प्रवृत्ति झ्याङ्गिदै गएको छ । विकासमा आम सहभागिता र सामूहिक भावना भन्दा व्यक्तिगत, दलगत, समूदायगत हिरोइज्मको अवस्थाका कारण यसले अपेक्षित गति लिन सकिरहेको छैन । नेपालको तीब्र विकास आजको अपरिहार्य आवश्यकता हो । सुख र संमृद्धि हाम्रो मुल अभिष्ठ हो । आम सहभागिता र अपनत्वको प्रश्न आजको मुल प्रश्न हो । भौतिक तथा संरचनागत विकासका अलावा आजको नेपालमा मानवीय संशाधन, सोच र चेतना, स्रोत, पूँजी र प्रविधीको विकास पनि उत्तिकै महत्वपूर्ण पक्ष हो ।  विकासको अन्तिम साध्य भनेको नागरिक सशक्तिकरण नै हो । यसैले यी समग्र कुराका निम्ती राज्य र राजनीतिक क्षेत्रलाई जिम्मेवार बनाइनु पर्दछ ।
२.नागरिक समाजको अर्थ तथा परिभाषा ःनागरिक समाज नागरिक र समाज दुई पृथक शब्दको योयबाट बनेको छ । जसको अर्थ राज्यको नागरिक अधिकार प्राप्त व्यक्तिहरु संंगठित संस्था भन्ने हुन्छ । यसरी हेर्दा नागरिक समाज भन्नाले निश्चित उद्देश्य प्राप्तिका लागि स्वतन्त्र रुपमा सामाजिक अभियानमा रहेका नागरिकहरु संगठित संस्था भन्ने बुझिन्छ । नागरिक समाज राष्टको बलियो किल्ला हो । जसले राज्य र सरकारका हरेक निर्णय र क्रियाकलाप प्रति सकारात्मकताको अपेक्षा राख्दछ र सुधारात्मकपक्षमा आफुलाई प्रस्तुत गर्दछ । यसरी हेर्दा यो राज्य र समाज रुपान्तरणको बलियो आधार पनि हो । यसले नागरिकलाई अधिकारप्रति जागरुक पार्दछ भने कर्तव्यप्रति सचेत गराउँने कार्य गर्दछ । राज्यमा सुशासन कायम गर्दै विकासको मार्गमा अघि बढाउँन नागरिक समाजको भूमिका अपूर्व रहने गर्दछ । नागरिक समाजले शक्ति तथा सत्तामा आफ्नो विम्ब देख्नु हुँदैन । नागरिक समाजले आफ्नो निजी जीवनको वृत्ति खोज्नु हुँदैन । पार्टीले पार्टको मात्र प्रतिनिधित्व गर्ने अवस्थाका विपरीत नागरिक समाजले होलको बिम्ब बोक्न सक्नु पर्दछ । लोकतान्त्रिक राज्यमा नागरिक तथा सरकार बीच अर्थपूर्ण, सार्थक र सफल अन्र्तरक्रियाको आधार नै नागरिक संगठन हो । नागरिक समाजको मुल विशेषता भन्नु नै यो एक स्व स्फर्त सञ्चालित अभियान हो । राज्यसंग अधिकार प्राप्त दमनकारी शक्तिका विरुद्ध नागरिक समाज खुल्ला र स्वतन्त्र शक्ति हो । यो अभियानमा सरकार र निजी क्षेत्रले समेट्न नसकेको रिक्त स्थानमा साझेदारी गर्ने गर्भिलो हैसियत हुन्छ भने राज्य र नागरिक बीचको सम्बन्ध सुदृढ गराई सरकारी संरचना र अंगहरुलाई उत्तरदायी बनाउँने एवं नागरिक आवाज प्रणालीलाई सवल र सक्षम बनाउँने नागरिक हित प्रर्वद्धनको मुल लक्ष राखिन्छ । यो आफैंमा स्वयंसेवी र समाजसेवी संगठन हो । यो नागरिक र राज्यको हितको चाहाना राख्ने सामाजिक आन्दोलन र सार्वजनिक सञ्चारको एक उपज मात्रै हो । यो आफैमा छुट्टै रुपमा संगठित संस्थाका रुपमा भन्दा आफ्ना ईच्छाहरुको हित रक्षाका खातिर राज्य सत्ता भन्दा अलग नागरिकहरुको स्वतन्त्र अभियानकै रुपमा रहेको हुन्छ । राज्यको लोककल्याणकारी कार्य र दायित्व प्रति खबरदारी गरी सेवा प्रदायकहरुमा सरलता, सहजता, सुगमता दिलाउँदै व्यवस्थित र विधिसम्मत बनाउँने काममा नागरिक समाजको अहम् दायत्व रहने गर्दछ ।
३.को को पर्छन् नागरिक समाजभित्र ? ःयसको दायरा भित्र यत्ति नै संस्था वा व्यक्ति पर्छन भन्ने कुनै ठोस मापदण्ड छैन । नागरिक अधिकार प्राप्त सबै व्यक्तिहरु यसभित्र पर्दछन् मात्रै कुरा के हो भने राजकीय मामला,का अधिकारीहरु, राजकीय मामलाका सम्भावित प्रतिनिधिहरु बाहेकका बाँकी सत्ता र शक्तिमा आफ्नो विम्ब नखोज्नेहरु, राजकीय मामलामा संलग्न भई आफ्नो वृत्ति र विकास नखोज्नेहरु सबै नै यस भित्र पर्न सक्दछन् । स्वतन्त्र नागरिकको हैसियतमा प्रतिनिधित्व रहने सामाजिक संघ संस्था र संगठनहरु सबैलाई नागरिक समाजभित्र समेट्न सकिन्छ । जस अन्तगत अधिकारको पैरवी गर्ने र कर्तव्यको बोध गराउँने संस्थाहरु जस्तै मानव अधिकारवादी संस्था र क्षेत्रहरु, पेशागत महासंघहरु, पत्रकार र पत्रकार महासंघ, गैसस र गैसस महासंघ, कानुन व्यवसायी र नेपाल बार एसोसिएसन, उद्योग वाणिज्य महासंघ,निर्माण व्यवसायी महासंघ, विभिन्न स्तरमा गठित उपभोक्ता संस्था र महांसंंघहरु (बन, सिंचाई, खानेपानी) , स्व स्फुर्त स्थापित गैर सरकारी संंघ संस्थाहरु, क्लव, आमा समुह आदि पर्दछन् । जसको उद्देश्य विशुद्ध रुपमा नागरिकको सेवा तथा सुविधा प्रणालीमा व्यापक सुधार ल्याई राज्य र समाजको व्यापक सुधार गर्नु भन्ने रहेको हुन्छ । यो आवाज प्रणाली र पहरेदारीको बफादार माध्यम मात्रै नभई विकास र संमृद्धिको रणनीतिक साझेदार पनि हो ।
४.नागरिक समाजको भूमिका र विगत ः विश्वमा नागरिक समाजको भूमिका प्रथम र द्वितीय विश्व युद्धको समयबाट प्रवल रुपमा देखा परेको हो । आजभन्दा करिब १०० वर्ष अगाडि प्रथम विश्व युद्धको समयमा युद्धरत मुलुकहरुलाई युद्धको अवस्थाबाट शान्ति निर्माणका लागि सहमत गराई स्थापना गरिएको लिग अफ नेसन्स (राष्ट संघ) नागरिक अभियानको पहिलो रुप हो । यस्तै गरी दोस्रो श्वि युद्धका समयमा युद्धका दुई ठुला धुरीहरु नाटो र वार्सामा सामेल नभई असंलग्नताको अभियान चलाउँने युद्ध इतरका राष्टहरुबाट सञ्चालित आन्दोलन र सोही जगमा सन् १९४५ मा निर्माण गरिएको अन्तर्राष्टिय संस्था संयुक्त राष्ट संघ(द युनाईटेड नेसन्स) मार्फत विश्वमा शान्ति, विकास र भातृत्वका लागि अघि बढाईएको अभियान नागरिक अभियान नै हो । त्यसदेखि यता विश्वमा नागरिक अभियानको औचित्य र उपादेयता बढ्दै गएको पाईन्छ ।
नेपालको सन्दर्भमा कुरा गर्दा पञ्चायती संविधानको खारेजी र नेपाल अधिराज्यको संविधान २०४७ जारी भई बहुदलीय प्रजातन्त्रको स्थापना यताका समयदेखि नागरिक स्तरका संघ संस्थाहरु खुल्ने र सक्रिय हुने क्रम तीब्र भएको हो । यद्यपी त्यस अघि पनि कतिपय संघ संस्थाहरुले नागरिकका आवाज र भावनाहरुको पक्षपोषण गर्दै राज्य तथा सरकार प्रति खबरदारी गर्ने नगरेका होइनन् । तर त्यतिबेला त्यसको हिस्सा नगन्य रहेकाले खासै चर्चा गरिदंैन । नेपालमा नागरिक अभियानको सक्रियता २०४६ को जन आन्दोलन र सो पछि जारी प्रजातान्त्रिक संविधानले बढाएकोमा दुइमत पाईदैन । नेपालमा २०५२ सालदेखि तत्कालीन विद्रोही नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्ध र त्यसलाई दमन गर्ने नाममा राज्य पक्षबाट सञ्चालित युद्धको अवस्थामा शान्ति, मानव अधिकार र प्रजातन्त्रका पक्षमा नागरिक समाजले खेलेको भूमिका अवर्णनीय छ । राज्य र विद्रोही दुवै पक्षलाई व्यापक दवाब सिर्जना गरी वार्ता र संवाद मार्फत अघि वढ्दै समस्याको शान्तिपुर्ण निकास निकाल्नका लागि नागरिक समाज पूर्ण रुपमा क्रियाशील भएको पाइन्छ । अन्तत ः २०६२÷०६३ को जन आन्दोलन, लोकतान्त्रिक गणतन्त्रको स्थापना, संविधान सभाको निर्वाचन, संविधान सभा मार्फत संविधान जारी गराउँने लगायत काममा नागरिक समाजको क्रियाशीलताले हाल नेपाल नयाँ युगमा प्रवेश गरेको छ । यसले नीति निर्माण गर्ने तहमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको र राज्यलाई गलत ट्रयाकमा जानबाट जोगाउँदै लोकतन्त्र, विकास, परिवर्तन र संमृद्धिको आधार तय गर्नका लागि भूमिका खेल्दै आएको छ । यसै क्रममा सिन्धुपाल्चोक जिल्लामा पनि नागरिक अभियान सशस्त्र द्वन्द्वको समयदेखी यता सञ्चालित सबैखाले आन्दोलन र अभियानमा क्रियाशील छ । 
५.वर्तमान अवस्थामा नागरिक समाजको औचित्य ःविगतमा जनप्रतिनिधी मुलक निकायको रिक्तता समेत स्वयं नागरिक समाजले निर्वाह गरेको थियो । वडा तहमा वडा नागरिक मञ्च मार्फत जनप्रतिनिधीले गर्ने वा सो सरहका काम कारवाहीहरु गरिएको थियो ।भूकम्पको समयमा पीडित लाभग्राहीको पहिचान गर्ने काममा समेत वडा नागरिक मञ्चहरु क्रियाशील थिए । तर समय क्रम संगै स्थानीय तह निर्वाचन भई वडा तहमा जनप्रतिनिधी आएसंगै ती वडा नागरिक मञ्चहरु अहिले क्रियाशील भएको पाइँदैन । सिन्धुपाल्चोकको सन्दर्भलाई लिएर विश्लेषण गर्दा चाहे जुरे पहिरो होस् वा भोटेकोशीको वाढी होस् वा भूकम्प, सरकारभन्दा नागरिक समाज र गैससहरुको भूमिका पहिले मुखरित भएको थियो । सरकारको नजर नपरेका र नपुगेका  बस्तीहरुमा गैर सरकारी निकाय मार्फत पीडितको पीडामा मल्हम लगाउँने काम भएको थियो । तर अहिले किन सक्रियता घट्दो अवस्थामा छ त ? के अब नागरिक समाजको औचित्य सकिएको हो त ? वा नागरिक समाजका नाममा क्रियाशील हुनेहरु आलोचकहरुले भनेजस्तै विदेशी डलरबाट मात्रै परिचालित हुने हो त ? द्वन्द्वको नाममा डलरको खेती वा प्राकृतिक विपत्तिको नाममा डलरको खेती सकिएका कारण नागरिक समाज प्रभावकारी रुपमा परिचालित हुन नसकेको हो त ? कुरा त्यस्तो हैन र हुनु हुँदैन । माथि नै भनि सकियो नागरिक आन्दोलन त एक विशुद्ध स्वयंसेवी अभियान हो । त्यसैले यो अभियान जस्तोसुकै अवस्थामा पनि निरन्तर अघि बढ्नु पर्दछ । आजको बदलिँदो परिवेशमा नागरिक समाजको भूमिका पनि बदलिनु पर्दछ । अबको नागरिक आन्दोलन स्थानीय तहसम्मका सरकारका राम्रा नराम्रा कामका विषयमा केन्द्रित हुनु पर्दछ । उपभोक्ता समितिहरु मार्फत, योजना फर फारकका समयमा प्राविधिक कर्मचारी मार्फत, योजना छनौटमा जनप्रतिनिधि मार्फत कमिसनको चलखेल हुने गरेको कयौं उदाहरणहरु छन् । प्राकृतिक स्रोत र सम्पदा माथिको अप्राकृतिक दोहन(जस्तै गिटी बलुवा, ढुंगा)मा स्वयं हाम्रा जनप्रतिनिधीहरु संलग्न रहेको र उक्त कानुन विपरीतका विषयमा समेत बोल्न नसक्ने गरेको पाईन्छ । यस्ता विषयहरु नागरिक समाजको विषय क्षेत्रभित्र पर्नुपर्दछ । गाउँगाउँ सम्म नागरिक अभियानको आँखा पुग्न सक्नु पर्छ । यसैले आजको बदलिँदो परिवेशमा नागरिक अभियान अझै सशक्त र फरक भूमिका सहित अघि बढ्नु पर्दछ । हामी नागरिक अधिकारका कुरा गर्नेहरुले चुप लागेर बस्यौभने राज्यको विकास, संमृद्धि र परिवर्तनको यात्रा सही ढंगबाट अघि बढ्न सक्दैन । आज हामीलाई विकास मात्रैले पुगिरहेको छैन, दीगो र भविष्यको पुस्ताका लागि समेत टिकाउ हुने विकास चाहिएको छ । दिगो विकासको सरकारी लक्ष्य नागरिक दबाव र खबरदारी नरहने हो भने चरम वेथिती, भ्रष्टाचार र लुटतन्त्रमा परिणत हुन सक्छ । बेलैमा यस विरुद्ध पहल कदमी जरुरी छ । त्यसैले नागरिक समाज आजको परिवेशमा अझै गतिशील, बलियो र सेवाग्राही नागरिकको भरपर्दो सारथी बन्नु पर्दछ । मुलुकको आर्थिक सुधार र संमृद्धिका लागि आवश्यक विचार निर्माण र प्रस्तुत गर्न सक्नु पर्दछ । शक्तिको संरचनामा सुधार ल्याउँदै राजनीतिक भागेदारी खोज्नेलाई जिम्मेवार बनाउँनु पर्दछ ।
६.नागरिक समाजको चुनौती तथा अवसरहरु ःमुलुकमा अंक गणितीय हिसाबले दुईतिहाई मत सहितको ज्यादा बलियो सरकार छ भने सो तुलनामा आफैं भित्रको आन्तरिक समस्याले ग्रस्त कमजोर र निरीह प्रतिपक्ष छ । सधैं स्थायी प्रतिपक्षका रुपमा रहने नागरिक समाजले यो अवस्थामा सरकारको गलत क्रियाकलाप विरुद्ध आफुलाई प्रस्तुत गर्दा आम नेपाली नागरिकबाट नागरिक समाज वाहवाहीको पात्र बन्न सक्नु पर्दछ । यो नागरिक समाजका लागि अवसर हो भनेनागरिक समाजले यतिबेला राज्यमा आफ्नो स्पेश नै कायम गर्न सकिरहेको पाईदैन । सबैतिर जन निर्वाचित निकाय रहेकाले नागरिक समाज किन चाहियो भन्ने प्रश्न खडा भएको छ । यो चुनौतीलाई नागरिक समाजले आफ्नो गतिशील भुमिका मार्फत चिर्दै सत्ता र शक्तिको वरिपरी घुम्न छाड्नु पर्दछ । नागरिक आन्दोलन सत्ता सञ्चालकका वरिपरी तिनको भजन किर्तनमा रम्ने र आफुलाई पायक पर्दा सरकारी नियुक्ति बोकेर कुदिहाल्ने मनोवृत्तिबाट अछुतो रहन सकेको छैन । यो आजको नागरिक आन्दोलनको सबैभन्दा ठुलो चुनौती हो । नागरिक आन्दोलन सत्ता र प्रतिपक्षमा विभाजित हुँदै गईरहेको छ । यो अर्को चुनौतीको विषय हो । यी र यस्ताखाले चुनौतीबाट जोगाएर नागरिक आन्दोलनकर्मीहरुले सत्ता र शक्तिमा आफ्नो हिस्सेदारी नखोजी स्थायी प्रतिपक्षका रुपमा अघि बढाउँनु आजको मुख्य आवश्यकता हो । सिन्धुपाल्चोकको नागरिक अभियान १२ स्थानीय तहका सरकार र प्रदेश तथा संघीय संसदका प्रतिनिधीहरुलाई बढि भन्दा बढि नागरिकप्रति उत्तरदायी, जवाफदेही बनाउँने काममा केन्द्रित हुनुपर्दछ ।
७.नागरिक समाज र सञ्चार जगतले आगामी दिनमा गर्नै पर्ने केही कामहरु ः सञ्चार क्षेत्र नागरिक अभियानको मुख्य अंग हो । नागरिकलाई सुसुचित गर्ने, राज्य र सरकारका गलत क्रियाकलाप विरुद्ध नागरिकका आवाज बुलंद गरी आन्दोलित गर्ने काम सञ्चार जगतको हो । तथ्यपरक र पुर्वाग्रहबाट मुक्त सूचना प्रवाह गरी सही सत्य समाचार सम्प्रेषण मार्फत नागरिकलाई जागरुक बनाउँन सञ्चार क्षेत्रको अहम् भूमिका छ । यथार्थ र गलतको विश्लेषण गरी गलतका विरुद्ध नागरिकलाई उभ्याउँन सञ्चार क्षेत्र तटस्थ बन्न सक्नुपर्दछ । नागरिक आन्दोलन उठाउँने र फैलाउँने काममा सञ्चार क्षेत्रकै भूमिका रहन्छ । आजको बदलिएको परिवेशमा सञ्चार क्षेत्रको यति व्यापक विस्तार भएको छ, सामाजिक सञ्जाल, छापा र इलेक्ट्रोनिक मिडिया हरुले बस्ती बस्तीसम्म आफुलाई पुराइरहेको अवस्था छ । तरपनि अपेक्षित रुपमा नागरिकहरुलाई सूसुचित र जागरुक बनाएर बस्ती बस्तीमा नागरिक आन्दोलन फैलाउँन किन सकिरहेका छैनौं त ? सबै सञ्जारकर्मी हरुले छात्तिमा हात राखेर सोच्नुपर्दछ । मिडिया क्षेत्रले उठाएका सार्वजनिक सरोकारका सवालमा राज्य र जिम्मेवार निकायका गलत कार्य विरुद्ध नागरिक आन्दोलन अघिबढ्नु पर्दछ । त्यसैले सञ्चार क्षेत्र र नागरिक आन्दोलन एकअर्काका परिपुरक हुन् । यी २ बीच समन्वय र सहकार्यको खाँचो छ । अबको नागरिक अभियान र आन्दोलन प्रत्येक स्थानीय तह र गाउँ बस्तीमा उपभोक्ता समितिसम्म, विद्यालय र सामुदायिक क्लव वा संस्थासम्म, स्वास्थ्य चौकीहरुसम्म, ठेक्का र ठेकेदारका मापदण्ड विपरीतका कामसम्म, जनप्रतिनिधीहरुको भूमिका र क्रियाकलापसम्मफैलनु पर्दछ । यो काममा सञ्चार जगतको भूमिका महत्वपूर्ण रहन्छ । भूकम्प पछिको पुर्ननिर्माणको अवस्था कहाँ पुगेको छ ? के सँच्चै अहिले बनेका २ कोठे घरमा नागरिकहरु सुरक्षित छन त ?
दिनदिनै लैंगिक हिँसा र मानव अधिकार उल्लंघनका घटना भईरहेको पाइन्छ, पीडितले के न्याय पाएका छन?यसमा हाम्रो ध्यान नजानुको कारण के ?
स्थानीय तहले अघि सारेका विकास योजनाहरु सँच्चै जनताको जीवनमा परिवर्तन गर्न सफल छ त ? सामाजिक संस्कृतिक अधिकारहरु यथास्थितिकै अवस्थामा छन् के राज्य संरचनामा परिवर्तनसंगै यी अधिकारहरुमा आमूल परिवर्तन आउँनु पर्ने होइन ?
शहिद परिवार, द्वन्द्व पीडित, विस्थापित नागरिकहरुले अझैसम्म न्याय नपाउँनुको कारण के ? सत्य निरुपण तथा मेलमिलाप आयोगले किन प्रभावकारी काम गर्न सकिरहेको छैन ?
 विस्तृत शान्ति सम्झौताको पूर्ण कार्यन्वयन नहुनाले पुन राजनितिक द्वन्द्व निम्तिएको छ । के यो समस्या हाम्रो चोसो र सरोकारको विषय हुनु पर्दैन ? यी र यस्ताखाले असरल्ल मुद्दाहरुमा नागरिक समाज प्रभावकारी हिसाबले परिचालित हुनु अहिलेको मुल आवश्यकता हो ।
८.निष्कर्ष ः यसरी हेर्दा नागरिक आन्दोलन मुलुकको विकास, संमृद्धि र परिवर्तनका लागि अपरिहार्य छ । हामी नागरिक अभियानकर्मी हरुले आफूमा भएको सानातिना समस्या र अल्झनहरुलाई पन्छाएर सरकारको रचनात्मक प्रतिपक्षीका रुपमा प्रस्तुत हुनु पर्दछ । नागरिक सरोकार र मानव अधिकारसंग जोडिएका सम्पूर्ण संघ संस्थाहरुलाई एकताबद्ध बनाएर छिटफुट रुपमा समाजमा अहिलेपनि देखापरेका राजनीतिक, सामाजिक, जातीय, भौगोलिक, साम्प्रदायिक द्वन्द्वको निरुपणका लागि राज्यलाई घच्घच्याउँने र तीब्र विकास मार्फत राज्य र नागरिकलाई आर्थिक हिसाबले सक्षम, सवल र सुदृढ बनाउँने काममा जुट्नै पर्दछ । आजको समयमा नागरिक समाजको मुख्य दायित्व यही नै हो । रचनात्मक सल्लाह, सुझव, टिप्पणी र आलोचनाको अपेक्षा सहित धन्यवाद ।
मिति ः २०७६ माघ ९ गते चौतारा सिन्धुपाल्चोक


, , , ,