राप्रपा संयुक्तद्वारा शोक प्रस्ताव पारित

लोकप्रिय समाचार 
सिन्धुपाल्चोक जिल्लाका राप्रपाका संस्थापक निल प्रसाद भण्डारीको निधन प्रति राप्रपा संयुक्तले गहिरो दुःख व्यक्त गर्नुका साथै शोक प्रस्ताव पास गरेको छ । साथै श्रदाञ्जली अर्पण गरेको छ । राप्रपा सिन्धुपाल्चोकका अध्यक्ष नरसिंह श्रेष्ठ (गोपाल) को अध्यक्षतामा माघ ४ गते शनिबार चौतारामा बसेको बैठकले उक्त शोक प्रस्ताव पास गरेको हो । बैठकले राप्रपाका संस्थापक पार्टी अध्यक्ष समाजसेवी, वर्तमान विश्व हिन्दू महासंघका अध्यक्ष निल प्रसाद भण्डारी तथा जिल्ला सदस्य ज्ञानेन्द्र आचार्यका पुत्र राजेश आचार्य, पार्टीका शुभ चिन्तक पार्टी समर्थकहरु बोध बहादुर बस्नेत, पुन्यप्रसाद घिमीरे, विष्णु बहादुर खड्काको निधनले पाटीलाई दुःखी तुल्याएको बताउँदै मृतक प्रति शोक प्रस्ताव पास गरेको हो । बैठकले मृतकको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति समवेदना समेत प्रकट गरेको छ । साथै बैठकले नारायण जङ्ग पाण्डेलाई  वाग्मती प्रदेशमा प्रतिनिधि तोकेकोछ भने थाङ्पालधाप गाँउपालिकामा पालिका स्तरीय कार्यक्रम गर्नका लागी जिल्ला कार्य समितिका सबै पदाधिकारी उपस्थिती हुने लगायतका निर्णयहरु भएको जिल्ला प्रवक्ता हरि बहादुर नेपालले जानकारी दिनु भयो ।


, ,