लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लामा आदिवासी जनजाति महिला उत्थान केन्द्रद्धारा विभिन्न जनचेतना सम्बन्धी कार्यक्रमहरु गर्दै आइरहेको छ । केन्द्रले बालविवाह न्यूनीकरण गर्ने उद्धेश्यका साथ वडा र समुदाय स्तरमा किशोरकिशोरी र अभिभावकको समुह निर्माण गरि बालविवाह महिला हिंसा सम्बन्धी विभिन्न कार्यक्रम गरिरहेको सन्दर्भमा चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. ६ मा पनि यो कार्यक्रम गरिएको छ । वडा नं ६ स्थित गिदानेको दलित बस्तीका एक बालिका घर परिवारको आर्थिक अवस्था कमजोर रहेकोले ४ कक्षामा पढाइ गर्दा गर्दै पढाइ छाडी बसेको र १४ वर्षको उमेरमा विवाह हुन लागेको त्यसै वडाका किशोरकिशोरी समुहले थाहा पाएपछी तत्काल रोक्नका लागी सम्बन्धित वडालाई खवर गरी त्यस परिवारको अभिभावकहरु र वरपरको छिमेकी वडा अध्यक्ष जनप्रतिनिधिको उपस्थितिमा पारिवारिक अन्र्तक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रम पश्चात् निजका अभिभावकहरुले कानुनका कारण पनि जेल जान पर्ने अनि बालकले पनि दःुख पाउने भएकाले यस्तो काम गर्न नहुने रहेछ भन्दै समयमा नै आँखा खोलिदिएकोमा महिला उत्थान केन्द्रलाई धन्यवाद समेत दिइएको थियो । कार्यक्रममा परिवारलाई वडा अध्यक्ष तोक बहादर तामाङबाट विवाह गर्ने उमेर २० वर्ष हो । सानो उमेरमा विवाह गर्न कानुनले बन्देज गरिएको छ भन्दै परिवारलाई सचेत गराउनुको साथै शिक्षालाई निरन्तर दिनका लागि वडाबाट सहयोग गरिने समेत जानकारी परिवार र त्यस बालिकालाई बताउनु भयो र किशोरी समुहका संयोजक गोमा खत्रीले सानो उमेरमा विवाह गर्दा आफ्नो स्वास्थ्य शारीरिक अवस्था कमजोर हुन्छ, त्यसकारण आफु सक्षम भएर विवाह गर्नुपर्छ भन्नु भयो । आर्थिक अवस्थाका कारण पढ्न नसकेकाले विद्यालयबाट पाउने सुविधा दिलाउने समेत प्रतिबद्धता गोमा खत्रीले जनाउनु भएको थियो भने आदिवासी जनजाति महिला उत्थान केन्द्रका कार्यक्रम संयोजक शान्ति थिङबाट वैवाहिक जिवन भन्दा शिक्षा र सिपलाई महत्व दिइ आफु सक्षम हुन परिवार र बालिकालाई आग्रह समेत गर्नु भएको थियो ।
आदिवासी जनजाति महिला उत्थान केन्द्रद्वारा अन्र्तक्रिया
[email protected] Powered by Blogger.
