गोसाईँकुण्ड घुम्न गएका दुई विद्यार्थी लाङटाङमा बेपत्ता

लोकप्रिय समाचार
रसुवाको गोसाईँकुण्ड घुमेर फर्कँदै गरेका दुई विद्यार्थी लाङटाङ राष्ट्रिय निकुञ्जमा तीन दिनेदेखि बेपत्ता भएका छन् । नुवाकोटको घ्याङफेदी आसपासबाट शुक्रबारदेखि हेलम्बु गाउँपालिका–१ हेलम्बु सिन्धुपाल्चोकका १७ वर्षीय वाङगेल शेर्पा र जोरपाटी काठमाडौँका जापान लामा बेपत्ता हुनुभएको हो । बेपत्ता हुने दुबै राजधानीको बौद्धस्थित कुमारी बोर्डिङ स्कुलका विद्यार्थी हुनुहुन्छ। मेलम्चीघ्याङ माविका प्रधानाध्यापक पूर्ण गौतमका अनुसार हेलिकप्टरबाट खोजी कार्य भइरहे पनि फेला पार्न सकिएको छैन । गोसाईँकुण्ड घुम्न जाने योजना बनाएर माघ २९ गते हेलम्बु पुग्नु भएको थियो दुबै । हेलम्बु वाङ्गेलको गाउँ हो। बुधबार गोसाईँकुण्ड पुगी फर्केर घ्याङफेदीस्थित फेदी लजमा बास बस्नु भएका वाङगेलले शुक्रबार बिहान ७ बजेतिर हेलम्बुस्थित घरमा फोन गरेर बाक्लो हिमपात भइरहेको बताउनु भएको थियो । ‘परिवारका सदस्यले हिमपातमा नहिँड्न भन्दै लजमा नै बस्न आग्रह गरे पनि बिहान ९ बजेतिर हेलम्बु फर्कँन हिँडेको पाइयो,’ वाङगेलका शिक्षक रहेका गौतमले भन्नुभयो । हेलिकप्टबाट शनिबार उहाँहरुको खोजी प्रयास भए पनि खराब मौसमका कारण सफल हुन सकेन । आइतबार पनि हेलिकप्टरबाट खोजी गरिएको थियो । तर उहाँहरु फसेको अनुमान गरिएको स्थानमा केही फेला परेन ।


, ,