उद्यमशिल बचत दोलालघाटको साधारणसभा सम्पन्न

 एकराज श्रेष्ठ दोलालघाट
लोकप्रिय समाचार
उद्यमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड दोलालघाटको  आठौ वार्षिक साधारण सभा एक समारोहका बिच सम्पन्न भएको छ ।  २०७६ पौष १९ गते शनिबारका दिन दुलालेश्वरको क्लबको भवनमा पूर्व श्रमराज्य मन्त्रि गोविन्दनाथ उप्रेतीको प्रमुख आतिथ्यमा सभा सम्पन्न  भएको हो ।
संस्था स्थापना कालदेखि हालसम्म संस्थाको अध्यक्ष पदमा भुमिका निर्वाह गरि रहनु भएका संस्थाका अध्यक्ष गोविन्द प्रसाद पराजुलीको  सभापतित्वमा  सभा सम्पन्न भएको थियो । सभापतिको आसनबाट उहाँले संस्थाको प्रगतीको वर्तमान अवस्था र संस्था विकासका भावी योजनााहरु प्रस्तुत गर्दै यस आ.व. मा गतको तुलना वृद्धि गराई ५१ लाख भन्दा माथि मुनाफा भएको जनाउनु भयो । उँहाले १ करोड ३१ लाख  ६ हजार ५ सय रुपैयाँ शेयर पुँजी, संस्थामा भएको स्पष्ट पार्दै विभिन्न कोषहरुले आफ्नै खुट्टाहरु टेकिसकेको बताउनु भयो । २०५६ सालबाट समुहगत रुपमा सञ्चालन भएको उक्त संस्थाले जन्मदेखि मृत्युसम्म  उद्यमशिल भन्ने मुल नाराबाट २०६८ बाट मात्र सहकारी ऐन अन्तर्गत मान्यता प्राप्त भएको थियो ।
संस्थाले गत वर्षको तुलनामा गुणात्मक रुपमा नाफा वृद्धि भएको साथै संस्थाको व्यवस्थापकीय पक्षमा कुनै कमजोरी नगरेको समेत सो अवसरमा अध्यक्षले बताउनु भयो । कार्यक्रमका बिशेस अतिथी भुम्लु गाउँपालिका सहकारी संयोजक एंव दोलालघाट कृषि सहकारी संस्थाका अध्यक्ष सुमन जनिमरु, दुलालेश्वर क्लबका अध्यक्ष अष्ट बहादुर श्रेष्ठ, दोलालघाट उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश कुमार कक्षपति, पुर्व अरनिको यातायात प्रा.लि.का निवर्तमान अध्यक्ष श्याम बहादुर लामा, दुलालेश्वर साकोसका अध्यक्ष बलराम श्रेष्ठ, स्ट्यान्डर्ड साकोसका अध्यक्ष दावा लामा, दोलालघाट साकोसका अध्यक्ष अस्मिता लामा लगायत दोलालघाटमा अवस्थित सबै संंस्थाहरुका प्रमुखहरुबाट संस्थाको प्रगती प्रति  शुभकामना तथा बधाई दिनु भएको थियो ।
कार्यक्रममा संस्थाको वर्ष भरि भए गरेका प्रगती प्रतिवेदन संस्थाका सचिव एंव कार्यक्रम सञ्चालक अशोक चन्द्र झाले प्रस्तुत गर्नु भएको थियो । उहाँले मोफिल ऋण, व्यवसायकि ऋण, हायर पर्चेज जस्ता ऋणहरुमा लगानाीको कारण संस्थाले बढि मुनाफा कमाउन सकेको बारेमा बताउनु भयो । कोषाध्यक्ष सुमन बहादुर श्रेष्ठले संस्थाको गत आ.व.को तुलनामा आर्थिक कारोबार वृद्धि भई यस आ.व.मा ८,७९,६४,१४२।– कारोबार भएको  ताउनुको साथै आगामी आ.व.मा अझ यो भन्दा बढि कारोबार गरि संस्था बढि मुनाफा दिने लक्ष्य लिइएको बारेमा बताउनु भयो ।
कार्यक्रममा असल बचत, ऋणी तथा बाल बचतका सदस्यहरुलाई समेत पुरस्कृत जस्ता अन्य कार्यक्रमहरु राखेका थियो । बम्पर उपहार तथा आन्तरिक बिमाबाट शेयर सदस्य मृत्यु भएका ३ जनाका परिवारहरुलाइ रु २५,०००।– को चेक प्रदान गर्ने कार्यक्रम थियो । जसले आगामी वर्षहरुमा अझ सफलता मिल्ने संस्थाले आशा राखेका  बताइएको छ । भ्रमण वर्ष २०२० सफल बनाउने अभिप्रायका साथ संस्थाका ५० जनालाई शेयर सदस्यहरुलाई भ्रमण गराउने उद्देश्य राखेको उक्त संस्थाको स्वागत मन्तव्य शिक्षा उप समितिका सदस्य सरिता चौलागाईँले कविता सहित दिनु भएको थियो ।
८० प्रतिशत भन्दा बढि शेयर सदस्य उपस्थितीमा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको उद्धघाटन गर्दै पूर्व श्रम राज्य मन्त्री उप्रेतीले सहकारिताका माध्यमबाट गरेका हरेक काम सफलता तिर गएको बताउँदै दोलालघाटमा झन् यो सहकारीले स्थानीय नागरिकको जिवन उत्थानका लागी महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।

, ,