लोकप्रिय समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक चौताराले मादक पदार्थ सेवन गरी सवारी चलाई दुर्घटना गराउने व्यक्ति नियन्त्रणमा लिएको छ । जिल्लामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्नको लागि राजमार्ग लगायत भित्री ग्रामीण सडकहरुमा सवारी साधन चेकजाँच तथा सवारी चालकहरुलाई दुर्घटना न्यूनीकरणको लागी सचेतना दिने कार्यक्रममा अहोरात्र खटिई नियमित रुपमा सञ्चालन गरिरहेकोमा २०७६ पौष २१ गते राती ०९ः३० बजेको समयमा चौताराबाट काठमाण्डौ तर्फ जादै गरेको बा २ ख ६२५६ नं. को यात्रुवाहक बस जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा. वडा नं. ५ बस्ने सहचालक रामकाजी श्रेष्ठले मादक पदार्थ सेवन गरी चलाई जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा. वडा नं. ११ चौतारा वनदेउ सडक खण्ड स्थित सडक कुनामा दुर्घटना गराएको भन्ने सूचना प्राप्त हुना साथ प्रहरी चौकी साँगाचोकबाट प्रहरी टोली दुर्घटनास्थलमा खटि गई उक्त बसका चालक रामकाजी श्रेष्ठ र र बसको साहु राजकुमार श्रेष्ठ मादक पदार्थ सेवन गरेको अवस्थामा फेला पारी प्रहरी टोलीले निजहरुलाई सोधपुछ गर्दा उल्टै प्रहरी कर्मचारी माथी अपशब्द बोली अभद्र व्यवहार गरेकोले सवारी धनी राजकुमार श्रेष्ठलाई पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा म्याद अनुमती लिई थप अनुसन्धान कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक चौताराका सूचना अधिकारी प्र.ना.उ. माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
मादक पदार्थ सेवन गरी सवारी चलाई दुर्घटना गराउने व्यक्ति नियन्त्रणमा
[email protected] Powered by Blogger.
