मेगा बैँकले थाल्यो गाउँ–गाउँमा घरदैलो कार्यक्रम

लक्ष्मण विष्ट
लोकप्रिय समाचार
सिन्धुपाल्चोकमा पछिल्लो समय गाउँ–गाउँका स्थानीय तहमा शाखा खोल्न सफल मेगा बैँक लिमिटेडले पछिल्लो समय बचत खाता खोल्दै घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बचत तथा ऋणको बारेमा कमै थाहा भएका सदस्यहरुलाइ वित्तीय साक्षरताको बारेमा जानकारी गराउँदै खाता खोल्दै आएको बैंकले पछिल्लो समय प्रत्यक नेपालिको बैँक खाता कार्यक्रम सफल बनाउदै आएको छ। पाँचपोखरी थाङ्पाल गाउँपालिका भित्रका ८ वटै वडामा निरन्तर वित्तीय साक्षरता सञ्चालन गर्ने मेगा बैँक पाँचपोखरीका शाखा प्रबन्धक सुबोध कोइरालाले बताउनु भयो ।

अन्य शाखाहरुले जस्तै हेलम्बु र इन्द्रावतीले पनि वित्तीय रुपमा घरदैलो बैँक खाता अभियान सञ्चालन गर्दै आएको छ । अघिल्लो वर्ष जिल्लाकै तिनवटै स्थानीय तहका गाउँपालिकाहरु  पाँचपोखरी थाङ्पाल, इन्द्रावती र हेलम्बुमा एकै साथ पालिकाका अध्यक्षहरुले मेगा बैँकको औपचारिक रुपमा उद्घघाटन गर्नु भएको थियो ।

, ,