आगामि जनगणनालाई प्रभावकारि र सत्यतथ्य बनाउन सबै लाग्नुपर्छ ःतामाङ

माघ ९ , चौतारा ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले आगामि जनगणनालाई प्रभावकारि र सत्यतथ्य बनाउन सबै लाग्नुपर्नेमा जोड दिनु भएको छ।

आगामि २०७८ सालमा हुन लागेको जनगणना प्रभावकारि बनाउनका लागि बैज्ञानिक सिद्धान्तको आधारमा तथ्यांक लिनुपर्छ ।स्थानिय स्तरका गणक र सुपरभाइजर खटाउन नसक्दा गणनामा गलत तथ्यांक आएको स्वृकार गर्दै अबको गणनामा गणक कर्मचारी स्थानीय तहले नै खटाउनुपर्छ । नेपालको १२ औ जनगणना लाई प्रभावकारि र तथ्यपरक बनाउनको लागि गरिएको अन्तरक्रिया कार्यक्रममा जिल्लामा रहेका सरकारि कार्यालय, स्थानीय तहका प्रमुख तथा उपप्रमुख तथा सम्बन्धित सरोकारवालाहरु बिचमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उँहाले उक्त कुरा  बताउँनु भएको हो  ।प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको अध्यक्षतामा भएको कार्यक्रममा अब हुने जनगणना कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो । बुधबार भएको कार्यक्रम जनगणना लाई कसरी प्रभावकारी र उत्कृष्ट बनाउन सकिन्छ भन्ने बिषयमा केन्द्रीत रहेको थियो ।  कार्यक्रम तथ्यांक कार्यालय काभ्रेपलान्चोकले आयोजना गरेको हो । राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा जिल्ला स्तिरय अन्तर्क्िरया गोष्ठी कार्यक्रममा  कार्यालयका तथ्यांक अधिकृत बिमल कुमार यादवले जनगणनाको इतिहास, महत्व, हिजो भएका कमजोरी र भोलिका लागि तयारीका बिषयमा प्रतिवेदन प्रस्तुत गर्नू भएको थियो । जनगणना आगामि २०७८ साल बैशाख २५ देखि जेठ ५ गते सम्म संचालन हुनेछ भने उक्त जनगणनामा ट्यव र कागजि दुबै प्रवृत्तिबाट हुने बताइएको छ । बुधबार चौतारामा भएको कार्यक्रमका बारेमा स्पष्ट पार्दै प्रमुख जिल्ला अधिकारी चेमजोङ्गले सत्य तथ्य स्थलगत रुपमा घरघरमा नै गएर गरिने तथ्याङ्कलाइ बास्तविकतामा राखेर काम गर्न सके मात्र यसको सही तथ्याङ्क हुने हुँदा तथ्याङ्क सङ्कलक र त्यसका लागी आकश्यक पर्ने हरेक बिषयमा परी पक्वता का साथ काम गर्न पर्ने बताउँनु भयो ।


, ,