बायोब्रिकेटबाट घर खर्च धान्दै लिसंखुपाखरका महिलाहरु

लोकप्रिय समाचार
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका अत्तरपुर सिक्रेका महिलाहरु गाउँमै बायोब्रिकेट उद्योग स्थापना भएपछि राम्रो आम्दानी गरिरहेका छन् । घरको ढिडो खाएरै मासिक १२ हजार कमाउने गरेको बिशु शाक्यले बताउनुभयो । २२ वर्षीय सिर्जना श्रेष्ठले पनि मासिक १५ हजार कमाउने गरेको बताउनुभयो । उहाँहरु त उदाहरण मात्रै हो । गाउँका अन्य महिला पनि बिहान बेलुका घरको काम गरेर बिक्रेट निर्माणमा आलोपालो जाने गर्नुहुन्छ । ३२ सेयर सदस्य रहेको बोल्दे बिक्रेट उद्योग स्थापना गर्न स्थानीय समाजसेवी शशि शाक्यले विशेष भुमिका खेल्नु भएको हो । उक्त उद्योगको उहाँ व्यवस्थापक हुनुहुन्छ । सुरुमा गाउँबाट एक किलोमिटर माथि सिक्रे बिक्रेट उद्योग स्थापना गरेका शाक्यले दोस्रो उद्योग भने गाउँमै स्थापना गर्नु भएको छ । उद्योग स्थापना गर्न ४ लाख ५० हजार खर्च लागेको थियो उक्त रकम दुई वर्षमा नै आम्दानी गरेको व्यवस्थापक श्रेष्ठले बताउनुभयो । उत्पादित बिक्रेट लिन हिमालयन नेचुरल कम्पनी उद्योगसम्म नै आउने गरेको छ । विशेष गरी अस्पतालहरुमा सुत्केरीलाई आगो ताप्न प्रयोग गरिने उक्त बिक्रेट सानो परिवारलाई खाना पकाउन समेत प्रयोग गर्न सकिन्छ । अत्तरपुरमा मात्र ३ वटा बायोबिक्रेट उद्योग सञ्चालनमा रहेका छन् ।


, ,