शिक्षा विकासमा उच्च व्यक्तित्वको चासो, नमुना विद्यालय सिन्धुमा

लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको १२ वटा स्थानीय तहका बिद्यालयहरुको कार्यक्रममा उच्च व्यक्तित्वको आगमनले तीव्रता पाएको छ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालिका स्थित श्री कृष्ण रत्न गङ्गा माध्यमिक बिद्यालयको वार्षिक उत्सवका अवसरमा आज मुलुकको पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आउनु हुने कार्यक्रम रहेको छ ।

यस अघि चौतारा साँगाचोकगढी नगरपालिकाको जनजागृती माविमा उपराष्टपतिको प्रमुख आतिथ्यतामा विद्यालय भवन हस्तानन्तरण कार्यक्रम गरिएको थियो भने बाघभैरव माविको कार्यक्रममा पूर्व प्रधान  मन्त्री तथा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा प्रमुख अतिथि रहनु भएका थियो । आगामी २१ गते नेपालकै नमुना विद्यालय भवनको हस्तानन्तरण कार्यक्रममा राष्ट्रपती आउनु हुने कार्यक्रम रहेको छ । यस अर्थमा सिन्धुपाल्चोकको शिक्षा विकासमा उच्च नेतृत्वमा रहनु भएका उच्च व्यक्तित्वहरुको चासो रहेकोमा ुिसन्धुवासीहरु खुशी रहेका छन् । सिन्धुपाल्चोकमा ३ नगरपालिका र ९ गाँउपालिका रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कृष्ण सुवेदीका अनुसार जिल्लामा जम्मा ४९५ वटा सामुदायिक विद्यालय रहेका छन् भने ३९ वटा संस्थागत विद्यालय रहेका छन् । सिन्धुपाल्चोक जिल्लामा बालविकास केन्द्र –३५१ र सामुदायिक विकास केन्द्र –४७ वटा रहेका छन । जिल्लामा १२ वटा क्याम्पस प्राविधिक धारका बिद्यालय ५वटा सञ्चालनमा रहेका छन ।जिल्लामा जम्मा विद्याथी  संङ्ख्या – ८९३१९ र शिक्षक दरबन्दी –१७०५ रहेको छ । भने १२ वटै स्थानीय तह अन्र्तगत संचालित मा.वि.मा विद्यालय नर्सको कार्यक्रम लागू भएको छ । प्रदेश सरकारको सहयोगमा भएको उक्त कार्यक्रमले जिल्लामा प्रभावकारीता पाएको छ । भुकम्पबाट क्षतीग्रस्त भएका ५४७ वटा बिद्यालयमध्ये ९० प्रतिशतले नँया भवन पाइसकेको सूचना अधिकारी रमाकान्त अर्यालले जानकारी दिनुभयो । उँहाका अनुसार आज    कार्यक्रम हुन लागेको विद्यालय श्री कृष्णरत्नगङ्गा माध्यामिक बिद्यालय करिव दश करोडको लगानीमा निर्माण हुन लागेको हो ।

, ,