हत्या भएको १० दिन पछी मृत लाश फेला, ७ जना अभियुक्त पक्राउ

लोकप्रिय समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले हत्या भएको १० दिन पछी मृत लाश फेला, ७ जना अभियुक्त पक्राउ गरेको छ ।

२०७६ पौष १६ गते दिनको ०१ः३० बजेको समयमा सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. १० चप्लेटी पाखो बागमारास्थित सडकबाट ५० मिटर तल खोलामा पुरुष व्यक्तिको मृत लाश फेला परेको भन्ने खवर प्राप्त हुनासाथ ई.प्र.का. मेलम्ची र जि.प्र.का.सिन्धुपाल्चोकबाट टोली घटनास्थलमा खटिई गई घटनास्थल लाश जाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरी उक्त घटना सम्बन्धमा सुक्ष्म अनुसन्धान गर्दै जाँदा २०७६ पौष ०६ गते ईन्द्रावती गा.पा ५ लामाटोल बस्ने पुर्ण बहादुर तामाङको घर ढलान गर्ने काम सम्पन्न गरी राती ११ः०० बजेको समयमा ना. ७ त. २०९५ नं. को ट्रयाक्टरमा चढी मेलम्ची तर्फ फर्कने क्रममा रहेका हाल खुल्न आएका भारत बिहार घर भई जिल्ला पर्सा पोखरीया न.पा. ८ बस्ने बर्ष ३७ को राज कुमार मुखियालाई मादक पदार्थ सेवन गरेको नशाको सुरमा निजका साथीहरु जिल्ला पर्सा विरगंज महानगरपालिका वडा नं. ११ रानीघाट बस्ने वर्ष २७ को प्रेम यादव, ऐ. ७ बस्ने वर्ष २७ को भोला माझी साह, ऐ. ४ बस्ने वर्ष ५३ को राजेश मेष्तर, ऐ. वडा नं.१३ बस्ने वर्ष ४८ को राजन साह, ऐ.वडा नं.१ बस्ने वर्ष ३५ को अशोक साह, ऐ. बहुअरी गा.पा.वडा नं.३ बस्ने वर्ष २५ को बिनोद पासवान, जिल्ला रुपन्देही तिलोत्तमा न.पा. १२ बस्ने वर्ष ३६ को सन्तोष थापा मगर समेतले वादविवाद, कुटपिट गरी घाईते बनाई छाडी भागी गएकोमा २०७६ पौष ०७ गते ठेकेदार समिर मियाँ समेतको मिलेमतोमा अचेत अवस्थामा रहेका घाईते राजकुमार मुखियालाई ट्याक्टरमा राखी मेलम्ची तर्फ लाँदै गर्दा जिल्ला सिन्धुपाल्चोक मे.न.पा. १० स्थित चप्लेटी पाखोमा पुग्दा निज राजकुमार मुखियाको मृत्यु भए पश्चात ठेकेदार समिर मियासँग भेट गरी मृतक लाशलाई सोही पाखोबाट लाश फालि निज प्रतिवादीहरु वारदात पश्चात भागी फरार रहेकोमा निज प्रतिवादीहरुको ई.प्र.का.मेलम्चीका प्र.नि.फल बहादुर तामाङको टोलीले तदारुकताको साथ खोजतलास गर्दै जाने क्रममा भोला माझी साह, राजेश मेष्तर, राजन साह, अशोक साह, बिनोद पासवान, सन्तोष थापा मगरलाईमिति २०७६ पौष १७ गते जिल्ला सिन्धुपाल्चोक मे.न.पा.वडा नं.१३ फटकशिला स्थितमा लुकिछिपि हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको छ । मुख्य अभियुक्त प्रेम यादवलाई जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरी २०७६ पौष २२ गते जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं. १५ स्थित नेश्नल मेडिकल कलेज शिक्षण अस्पताल परिसरबाट पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतबाट म्याद अनुमती लिई अनुसन्धान कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्र.ना.उ. माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

,