वाग्मतीका विरुद्ध जुलुस

लोकप्रिय समाचार
३ नं प्रदेशको नाम वाग्मती र सदरमुकाम हेटाँैडा राख्ने  नेकपा सचिवालयको निर्णय विरुद्ध काठमाडौँमा विरोध शुरु भएका छ । हालै नेकपाको सचिवालय बैठकले प्रदेश नं ३ को नाम वाग्मती र सदरमुकाम हेटाँैडा राख्ने निर्णय गरेपछि नेवारी समुदायले  विरोध गरेको हो । विभिन्न नेवारी संस्थाहरुले मंगलबार काठमाडौंमा प्रदर्शन समेत  गरेका छन् । काठमाडौंको असन, न्यूरोड, इन्द्रचोकबाट  मानिसहरु जम्मा भई नेपाल मण्डल वा नेवाः ताम्सालिङ प्रदेश हुनुपर्ने माग राख्दै प्रदर्शन गरको  हो  ।नेवाः युथ अर्गनाईजेशन, नेवाः राजनीतिक अभियान, सेभ नेपाः भ्याली, नेपाः राष्ट्रिय परिषद, नेपाल संस्कृति पुनः जागरण अभियान, नेपाः देय् गुथी नेपाल मण्डल र उपत्यका व्यापी सडक विस्तार पीडित संघर्ष समितिको संयुक्त आयोजनामा विरोध प्रदर्शन भएको हो । मंगलबारको भेलाले वागमती प्रदेश नामांकन अबिलम्ब सच्चाउन नेकपालाई आग्रह गरेको छ । वागमती प्रदेश नाम फिर्ता नलिए क्रमबद्ध रुपमा कडा रुपमा सडक संघर्ष गर्ने चेतावनी दिँदै प्रदेश ३ को नाम पहिचान सहितको नेवाः तामासालिङ हुनु पर्ने सहभागीहरुको माग रहेको छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश ३ को नाम वागमती राखेपछि विरोध सुरु भएको हो । नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम वागमती र राजधानी हेटौँडा राख्ने निर्णय गरेपछि नेकपाकै सांसदहरु द्धारा पनी सचिवालयले अनावश्यक  हस्तक्षेप गरेकोमा त्यो निर्णय नमान्ने जनाएका छन् ।


,