सहकारीलाई कृषिमा लगानी गर्न मेयर अर्यालको आग्रह

दिपक देउजा
लोकप्रिय समाचार
मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले सहकारीले कृषिलाई प्राथमिकतामा राखी लगानी गर्न आग्रह गर्नुभएको छ । मेलम्ची नगरपालिका ११ मा रहेको झुल्केघाम बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको सातौँ वार्षिक साधरणसभा तथा तेस्रो अधिवेशनमा बोल्दै मेयर अर्यालले सहकारीले ऋण दिनु मात्रै ठुलो कुरा नभई  आत्मनिर्भर बनाउनु सहकारीको प्रमुख दायित्व भएको बताउनुभयो ।

१ हजार ४ सय २६ सेयर सदस्य रहेको झुल्केघाम सहकारीको एक करोड ४५ लाख ३५ हजार ४ सय सेयर पुँजी रहेको संस्थाका सचिव किरणदिप खड्काले बताउनुभयो । उहाँका अनुसार संस्थाको बचत निक्षेप ३ करोड ४९ लाख तीन हजार आठ सय १३  र ऋण लगानी चार करोड आठ लाख ९७ हजार एक सय ७९ रहेको छ । संस्थाले आठ लाख नौ हजार पाँच सय ५१ रूपैयाँ नाफा गर्न सफल भएको छ । साधारण सभाकै अवसर पारेर उत्कृष्ट कर्मचारी संस्थामा बजार प्रतिनिधी बाबुराम चालिसेलाई सम्मान गरियो भने असलऋणी र बचतकर्ताहरू समेत सम्मानित हुनुभएको थियो ।  कार्यक्रममा मेलम्ची नगरपालिका ११ का वडाअध्यक्ष रूद्रप्रसाद दुलाल, ईन्द्रेश्वरी उमाविका प्राचार्य राधाकृष्ण श्रेष्ठ, विविन्न संघसंस्थाका प्रतिनिधीले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाको तेस्रो अधिवेशनले सर्वसम्मत रूपमा अध्यक्षमा पुर्ण बाँनिया, उपाध्यक्ष किरण खड्का, सचिव एकलाल श्रेष्ठ, कोषाध्यक्ष दिल बहादुर देउजा सहित सात सदस्यीय कार्यसमिति चयन गरेको छ ।

, ,