चौतारा साँगाचोकगढी नगरपालिकाले गर्यो सातौं नगर सभा


लोकप्रिय समाचार
चौतारा साँगाचोकगढी नगरपालिकाले शिक्षा क्षेत्रमा प्रोत्साहान दिदै आफ्नो  सातांै नगर सभा गरेको छ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालिका का प्रमुख अमानसिंह तामाङले अगाडि सारेको शिक्षा बिकासको योजनालाइ  प्रभावकारी बनाउन तथा नगरलाइ पुर्ण रुपले शिक्षित बनाउनका लागि यो प्रोत्साहन सम्मानले  ठुलो सहयोग गर्ने विश्वास लिईएको छ । १२ वटा स्थानिय  तह मध्य सामुदायिक विद्यालयका शिक्षकहरुलाई चौमासिक रुपमा दिदै आएको तलब मासिक रुपमा नै उपलब्ध गराउने व्यवस्था गरेको चौतारा साँगाचोकगढी नगरपालिकाले विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाइ आँखाको परिक्षण  पश्चात्  आवश्यक पर्ने चस्मा  समेत उपलब्ध गराएको थियो ।

यसरी शिक्षा क्षेत्रमा गरेको सहयोगका कारण नगर भित्र  रहका शिक्षण संस्थाहरुलाइ शिक्षा सिकाईमा पनि स्वच्छ प्रतिस्पर्धा हुन थालेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको सातौं नगरसभामा नगरपालिका भित्रका १४ वटै विद्यालयमा अध्यनरत विद्यार्थी  तथा शिक्षकहरु र विद्यालयलाइ सम्मान तथा प्रशंसा पत्रका साथै नगद पुरस्कार समेत  दिईएको थियो । शिशु कक्षा देखि कक्षा १२ सम्म अध्यनरत विद्यार्थीहरु मध्ये सबै भन्दा बढी अङ्क ल्याउने नगर भित्रका ३१ जना विद्यार्थीलाई पुरस्कार तथा सम्मान गरिएको थियो । त्यसै गरि नगरपालिकाले उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षकलाई समेत प्रोत्साहन पुरस्कार दिएको थियो भने उत्कृष्ठ विद्यालयलाई समेत नगद पुरस्कार दिईएको थियो । यसरी पुरस्कार पाउन मा कृष्ण रत्न गङ्गा मा.वि पहलो चालीस हजार, सिद्धिगणेश मा.वि दोश्रो तीस हजार र ईन्द्रावती मा.वि तेश्रो बिस हजार नगद सहित सम्मानित भएका थिए ।

, , , ,