सिन्धुपाल्चोकमा गरियो कोरोना भाईरस परीक्षणको माग


लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिकामा नोबेल कोरोना भाईरसको लक्षण देखिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका  प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर बि.क का अनुसार पालिकाको वडा नं ८  गुम्बा बस्तिमा नोबेल कोरोना भाइरससँग मिल्ने खालका रुघा खोकिको लक्षण देखिएकाले तत्काल स्वास्थ्य परिक्षण गर्न सिफारिस गरिएको छ । गाउँपालिकाले रोगका पहिचानका साथै विशेष विशेषज्ञको व्यबस्था गर्न समेत माग गरिएको छ ।

खास गरि मौसम परिवर्तन सँगै हुने गरेको  रुघाखोकी लागेको हुन सक्ने अनुमान गरिए पनि समयमानै पालिकाले सरोकारवाला निकायमा पत्रद्वारा जानकारी गराएर सबैलाई सचेत गराएको छ । यस सम्बन्धमा पालिका अध्यक्ष होमनारायण श्रेष्ठले गुम्बा बासीहरु चिन  आवतजावत नगरेकाले यहि हो भन्ने अवस्था नरहेको  भएता पनि  सर्तकता रहनु जरुरी रहेकाले यसतर्फ पालिका सचेत रहेको बताउँनु भयो ।

, , , ,