असारसम्म मेलम्चीको पानी काठमाण्डौ जाने दोश्रो चरणको खानेपानी योजना पनि शुरु हने


लोकप्रिय समाचार
आगामी २०७७ साल असारसम्ममा मेलम्चीको पानी काठमाडौंको सुन्दरीजल ल्याउने घोषणा गरेको छ । बिहीबार खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजनाबारे स्वेतपत्र जारी गर्दै आर्थिक वर्ष ०७६ र ०७७ भित्र मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ परीक्षण र सञ्चालन गरि सक्ने घोषणा गर्नु भएको हो । खानेपानी मन्त्री बिना मगरले छिटोभन्दा छिटो मेलम्ची आयोजनाको काम सक्न ध्यान दिएको बताउँनु भयो ।

धेरै वर्षको प्रतीक्षापछि अब चाडैं नै आयोजना सम्पन्न हुने मन्त्री मगरले बताउनु भयो । यसै बिच सिन्धुपाल्चोक जिल्ला स्थित याङ्ग्री लार्के आयोजना पनि शुरु हुने भएको छ । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरण अन्तर्गत याङ्ग्री लार्के आयोजना कार्यान्वयन गर्न पाँचपोखरी थाङपाल गाउँपालिकासँग सम्झौता भए पछी यो योजना शुरु हुने निश्चीत भएको हो । पहिलो चरणको १७ करोड लिटर पानी काठमाडौं उपत्यका भित्रयाउने काम अन्तीम चरणमा पुगेको छ भने दोस्रो चरण अन्तर्गत ३४ करोड लिटर पानी काठमाडौं लाने योजना भए पछी उक्त पानी उपत्यका लाँदा प्रभाबीतहरुको बारेमा के गर्ने भन्ने बिषयमा टुङ्को नलाग्दा यो योजना शुरु हुन सकेको थिएन । मेलम्ची खानेपानी योजनाले उपत्यकामा पानी लाँदा प्रभावित हुने स्थानका जनताले के के सुविधा पाउने भन्ने विषयमा केही विवाद रहेकोमा विवाद टुङ्गिए पछि पालीका र आयोजना बिच सहमतिपत्रमा हस्ताक्षर गर्ने काम सम्पन्न भएको हो ।
सांसद शेरबहादुर तामाङ र सामाजिक विकासविज्ञ शम्भुप्रसाद कट्टेलको रोहबरमा मेलम्ची खानेपानी विकास समितिका तर्फबाट समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री र गाउँपालिका अध्यक्ष टासी लामाबीच  सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । यो सम्झौता भए सँगै आयोजना कार्यान्वयन गर्दा स्थानीय सरकार तथा समुदायमा विश्वासको वातावरण सिर्जना हुने र आयोजना समयमै सम्पन्न हुने आधारशिला तय हुने खानेपानी बिकास समितीको ठहर रहेको छ । दुवै नदीबाट पानी पठाए वापत प्रभावित जनताले पाउने सुविधाका सम्बन्धमा गाउँपालिका र सरोकार समितिका तर्फबाट नौ वटा माग प्रस्तुत गरिएको र ती माग पूरा गर्न समितिले सहमति जनाएपछि सम्झौता सम्भव भएको हो । याङ्ग्री लार्के सरोकार समिति, गाउँपालिका र समितिबीच पटक–पटक भएको छलफल पश्चात यो सम्झौता भएपछि अब दोस्रो चरणको कामले गति लिने र समयमै आयोजना सम्पन्न हुने भएको छ ।

, , ,