प्रेस युनियनमा दुर्गा आचार्य
लोकप्रिय समाचार
नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियन सिन्धुपाल्चोकको पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले महिलालाई नेतृत्वको जिम्मा दिएको छ । अधिवेशनबाट दुर्गा आचार्य अध्यक्षमा निर्बिरोध निर्वाचित भएपछि नेतृत्व महिलाको जिम्मामा गएको हो ।
प्रदेश पार्षदमा चित्र मिजार, टंक खड्का, विजय नेपाल, हरि न्यौपाने, पूर्णप्रसाद मिश्र, पृथ्वीजंग पाण्डे, राजेन्द्र आचार्य, रबिन्द्र श्रेष्ठ, भरत चौलागाई, किशोर बुढाथोकी, कमला पाख्रिन, सुनिता भण्डारी, सहदेव भण्डारी, आदित्य दाहाल, मानकाजी तामाङ रहनु भएको छ ।
अधिवेशन उद्घाटन गर्दै नेपाली काँग्रेस सिन्धपाल्चोकका सभापति विकास लामाले पत्रकारहले निष्पक्ष रुपमा जनताको आवाजलाई बुलन्द गरी रहँदा वर्तमान सरकारले पत्रकारिता पेशालाई अंकुश लगाउन लागेकोमा दुख व्यक्त गर्नुभयो ।