सिन्धुपाल्चोकलाइ खानेपानी समस्या मुक्त जिल्ला बनाउँन सबै लागी पर्न पर्ने ःतामाङ्ग




सिन्धुपाल्चोक जिल्लालाइ खानेपानी समस्या मुक्त जिल्ला बनाउँन सबै लागी पर्न पर्ने  पुर्ब कानुन मन्त्री  माननीय शेर बहादुर तामाङ्गले  बताउँनु भएको छ ।
उँहाले  यसका लागी खानेपानी मन्त्रालयमा गएर खानेपानीको योजना माग्नका लागी सिन्धुबासिले कसैलाइ पनी हजुर भनीरहन नपर्ने सिधै  आबश्यकता भए माग पत्र पेश गरेर योजना पार्न अनुरोध गर्नु  भएको छ । 
तामाङ्गले ईन्द्रावति मेलम्चि उपत्यकासामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिको पाँचौ बार्षीक साधरण सभाको उद्धघाटन तथा एम्बुलेन्स हस्तानन्तरण कार्यक्रमलाइ सम्बोधन  गर्दै उँहाले यस्तो बताउँनु भएको हो ।
उँहाले मेलम्ची खानेपानी सिन्धुपाल्चोकको सम्पती भएको र आफ्नो सम्पती को सुरक्षाका लागी पनी सिन्धुपाल्चोकका नागरिकलाइ पर्याप्त खानेपानी नदिइ मेलम्ची काठमाण्डौ जान नसक्ने र यस बाट प्रभाबीतलाइ  उचित सहयोग गर्न पर्ने बताउँनु भयो । 
हाम्रो जिल्लाबाट पानी काठमाण्डौ लाने अनि हामी पानी को समस्यमा रहने गर्न नहुने भन्दै तामाङ्गले मन्त्रालयमा गएर ठाडो सिरका साथ खानेपानिको माग गर्न   पर्ने बताउँनु भयो ।
इन्द्रावती गाँउपालीका भिमटार स्थित श्री भिमेश्वरी माध्यमिक बिद्यालयको सभाहलमा भएको कार्यक्रममा बोल्दै बिशेष अतिथी  जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्गले सिन्धुपाल्चोक जिल्लालाइ खानेपानी समस्या मुक्त जिल्ला निर्माण गर्न सबै लागी पर्नु पर्ने बताउँनु भयो ।

गस्तै बिशेष अतिथी गाँउपालीका महासंघका महासचिब तथा इन्द्रावती गाँउँ पालीकाका अध्यक्ष बंश लाला तामाङ्गले नेपाली कााग्रेसका सन्त नेता स्व.कृष्ण प्रसाद भट्टराइ ले मेलम्चीको पानी काठमाण्डौमा लगरे खानेपानीको ब्यबस्था गर्ने भनी शुरु गरेको योजना अहिले सम्म पनी सम्मपन्न भइ नसक्दा दुख लागेको बताउँदै यो कार्यक्रम छिटै सम्पन्न गरेर खानेपानीको ब्यबस्था गर्न  सबैले आआफ्नो ठाँउबाट सहयोग गर्न पर्ने बताउँनु भयो ।
कार्यक्रममा अर्का अतिथी नेकपाका जिल्ला अध्यक्ष तथा समितीका सस्थापक अध्यक्ष झम्क नेपालले बिगतका दिनमा समितीले गरेका सघर्षका कारण मेलम्ची प्रभाबीतहरुले केही मात्रमा भए पनी रहात पाउँन लागेको भएता पनी स्थानीय नागरिकले चाहे जस्तो सहयोग हुन नसेकोका यसका लागी समिती ले आबश्यक पहल कखमी चाल्न पर्ने बताउँनु भयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सचिब  झलक नेपालले  स्व कृष्ण प्रसाद भटराइको योजना अनरुप काठमाण्डौ बासीले खानेपानीको सुबिघा पाउँन लागेको बताउँदै खानेपानीको काममा कमशल सामाग्री प्रयोग गर्ने र योजनालाइ गलत ढङ्कबाट परिचालन गर्ने खालका कृयाकलाप हसन नदीने तर्फ सबै लागी पर्नू पर्ने बताउँनु भयो ।
त्यसै गरि कार्यक्रमलाइ सम्बोभन गर्दै  सिन्धु हेल्मो सामाजिक उत्थान कार्यत्र।मका अध्यक्ष उपेन्द्र तामाङ्गले स्थानीय सरकार का तर्फबाट समितीलाइ ओझेलोमा पार्ने र मेलम्ची प्रभाबीतले पाउँने  रोयल्टीलाइ तत्काल मुनाफाका रुपमा हेर्न लागीएको हुँदा यसो गर्न नहुने,
बिगतमा जनप्रतिनिधी नहुँदा समितीले गरेको कामका  बारेमा पनी बिचार गर्नु पर्ने बताउँदै मेलम्ची खानेपानीको  योजनामा काम गर्ने बर्तमान चिनिया कम्पनिले कम्जोरि सामान सिमेण्ट तथा अन्य सामान प्रयोग गरेर बनाईन लागेको टनेलले यँहाका मानिसहरुलाइ समस्यामा रहेका हँुदा समयमा ध्यान नदीने हो भने कमसल सामाग्रीका कारण केही  बर्षमा नै टनेल फुटेर पानी स्थानीय प्रभाबीतको  जमीनमा गइ उत्पादनमुलक जमीनको क्षती हुनका साथै काडमाण्डौमा समेत पानीको आपुर्ती बन्द हुन सक्ने भएकाले  राज्यले फेरी ठुलो  रकम लगानी गर्न पर्ने  समस्या आउँने भएकाले यस तर्फ सबैको ध्यान जान जरुरी रहेको बताउँनु भयो ।
उँहाले मेलम्चि खानेपानि ले जनताका लागि रोयल्टि दिन छोडेर जन प्रितिधि र समिति बिच बिबाद गरायर रोयल्टि बन्द गर्ने खेल खेलेका भन्दै यस्तो फोहोरी खेल खेलेर स्थानीयहरुलाइ आक्रोशित नबनाउँन अनुरोध गर्नु भयो । यदी त्यस्तो अबस्था आएमा फेरी पनी आन्दोलनको आधीबेरी ल्याउँने  समेत  तामाङ्गले बताउनु भयो । कार्यक्रममा नेपाली काँगे्रसका अर्का सचिब बिल बहादुर तामाङ्गले राज्यले नागरिकहरुलाइ समस्या पार्ने खालका  कुनै पनी कामहरु गर्न  नहुने बताउँदै  सिन्धुपाल्चोकको समग्र बिकाशका लागी  लाग्न पर्ने बताउँनु भयो ।
उँहाले जिल्लाको प्रकुतीक श्रोत साधन  अन्यत्र लाँदा यँहाको बिकासमा कमी हुन दिन नहुने बताउँनु भयो । मेलम्ची खानेपानी बिकास समितीका बिष्णु प्रसाद अधिकारीले स्थानीय सरकार र समिती मिलेर काम गर्न पर्ने बताउँनु भयो।
वडाअध्यक्षहरु शेरबहादुर श्रेष्ठ, कमलरत्न दुवार, मन्डन देउपुर  सामाजीक उथ्थान सामाजीक कार्यक्रमका संयोजक शेर बहादुर डोटेल, समाजसेवीहरु डालाबहादुर सापकोटा,चिरञ्जीबि आचार्य लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको स्वागत मन्तब्य चन्द्रबहादुर धिमालकोटीले  राख्नु भएको थियो ।
समितीका सचिब इच्छाराम दङ्गालले सञ्चालन गर्नु भएको कार्यक्रमको सभापतीत्व गर्दै समितीका अध्यक्ष बिष्णु मणी आचार्यले समितीको उद्धेश्य तथा हाल सम्मका गतिबिधी बारे जानकारी गराउँनु भएको थियो । शनीबार  भिमटार स्थित स्वास्थ्य कार्यलयलाइ समितीले एम्बुलेन्स खरिद गरेर दिएको थियो ।
एम्बसलेन्सको साँचो  र एम्बुलेन्स गाँउपालीकाका अध्यक्ष बंशलाल तामाङ्गलाइ पुर्ब मन्त्री समेत रहनु भएका माननीय शेर बहादुर तामाङ्गले सो अबशरमा हस्तानन्तरण गर्नु भएको थियो । 


, , , , ,