नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक चौताराले नकवजनी चोरी र हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ ।  फैसला कार्यान्वयनको शिलशिलामा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक चौताराबाट खटिएको प्रहरीले टोलीले नकवजनी चोरी मुद्दा र हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक जिल्ला साविक गोल्चे गा.बि.स. वडा नं. ७ हालको जुगल गा.पा. वडा नं. २ बस्ने वर्ष २७ को बाबु स्याङबो भन्ने लालध्वज स्याङबोलाई छिमेकीको व्रतबन्धमा सरीक रहेको अवस्थामा २०७६ माघ १७ गते राती पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक चौतारामा दाखिला गराएको हो । निज प्रतिवादीलाई २०७६ माघ १९ गते सिन्धुपाल्चोक जिल्ला अदालतमा उपस्थित गराउँदा निजलाई तोकिएको नकवजनी मुद्दामा २२ दिन कैद, रु २६२५।– जरिवाना र हातहतियार खरखजना मुद्दामा रु १,०००००।– जरिवाना भएकोमा सो कैद र जरिवाना असुल उपरको लागी आइतबार जिल्ला कारागार शाखा सिन्धुपाल्चोक चलान भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक चौतारका सूचना अधिकारी प्र.ना.उ माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

,