जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले नेकपा बिप्लवका कार्य कर्ता पत्राउ गरेको छ। जिल्ला प्रहर िकार्यलय सिनधुपाल्चोकका सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक माधब प्रसाद काफलेका अनुसार जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा. वडा नं. ८ चिलाउनेमा शंकास्पद अवस्थामा हिडिरहेका ने.क.पा. विप्लव पार्टीका कार्यकर्ताहरु पक्राउ परेका हुन । पक्राउ पर्ने हरुमा सिन्धुपाल्चोक जिल्ला बारवविसे न.पा. वडा नं. ४ धार्पा बस्ने अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी संगठनको अध्यक्ष बर्ष २७ को मुकुन्द श्रेष्ठ र काभ्रेपलान्चोक जिल्ला चौरीदेउराली गा.पा. वडा नं. ५ बस्ने ने.क.पा. विप्लव पार्टीका दलित मुक्ति मोर्चाको केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज बर्ष ३५ को लेखराज गजमेर रहेका काफलेले जानकारी दिनु भएको छ । उँहाहरु दुबैलाइ मिति २०७६फागुण०७ गते राती १०ः०० बजेको समयमा पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेका समेत काफ्लेले जानकारी दिनु भएको छ ।
विप्लव कार्यकर्ताहरु पक्राउ
[email protected] Powered by Blogger.
