बन्देउमा बुद्धको मुर्तीसहीत नमुना पार्क बन्ने

एकराज श्रेष्ठ,

सिन्धुपाल्चोकजिल्ला र काभ्रेको सिमाना मा पर्ने बन्देउमा बुद्धको मुर्ती सहित पार्क निर्माण हुन लागेको छ । मानिसका भाषा, चालचलन, रिती रिवाज धर्म सस्कृती र परम्परा आ आफ्नो जातिय बर्ग अनुरुुुप निर्धारण गरिएको हुन्छ। जातिय समाजको आधारमा कतै अस्विकार्य त कतै सर्व स्वीकार्य हुन्छ ।मानव र सस्कृृृृती परम्परा एक अर्काका परि पुरक भएकोले समाज बिकासको पहिलो खुड्किलाको रुपमा पनि सस्कारलाइ  लिन सकिन्छ । धर्म सस्कृती र परम्परा सबैको  साझा सम्पती भएकोले यसलाइ कसरी संरक्षण र  जगेर्ना गर्ने  भन्ने बिषयमा आआफनै सस्कारमा  र आआफ्नो जातित्वमा निर्भर रहन्छ ।हरेक जातीहरुले यसको रक्षा गर्नु उसको धर्म हो।

यीनै जाती मध्य तामाङ जातीले “ तामाङ भाषा धर्म परम्परा र सस्कृतीको संरक्षण गरौ “भन्ने मुल नाराका साथ २८५६औ  (जिवा ल्हो) सोनाम ल्होछार मनाउँने क्रममा  बनदेउमा उक्त पार्क बन्न लागेको बताइएको हो । सोनाम ल्होछार मुल आयोजक समिती दोलालघाट काभ्रेको  आयोजना तथा  भुम्लु गाउ पालिका काभ्रे र दोलालघाट पर्यटन प्रवद्धन समाज बिकास केन्द्र दोलालघाट को बिशेष सहयोगमा दोलालघाट  बृहत  ल्होछार सास्कृति कार्यक्रम  सम्पन्न भएको छ। प्रत्यक बर्ष नया बर्षको रुपमा माघ शुक्लमा पर्ने प्रतिपदा तिथीको दिनमा मनाइने यस पर्वलाइ अचेल बिविध कार्यक्रमका साथ यो महिना भरि नै मनाउने चलन रहेको छ। कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी प्रितनिधी सभाका माननिय  गंंगा बहादुर दोङ्ग(बमध्वज)ले धर्म सस्कृति रक्षाको निमित आ आफ्नो सम्प्रदायबाट आवश्यक कदम चाल्न आवश्यक रहेकोले ३७ प्रतिसत तामाङ्गको बाहुल्यता रहेको काभ्रेमा जातीय बिशेष संग्रहालय आवश्यकता भएको महसुस गर्दै केन्द्रिय सरकारबाट अघिल्लो र यस आ व मा गरेर ९० लाख बिनियोजित गरि तामाङको संग्रायलय पुर्वाधारको निमित डिपिआर सुरु भै सकेको र अन्य जातिय सम्प्रदायबाट पनि यस बिषयमा अग्रणी भुमिका निभाएर काम गर्न सके  देश साच्चीकै  समृद्ध तर्फ लम्कन सकिने बारेमा ठोकुवा गर्नु भएको थियो।
  त्यसै गरि यस क्षत्रको अभिमत प्राप्त गर्नु भएका  प्रदेश सभा सदस्य  माननिय लक्ष्मण लम्साल ले  धर्म, सस्कृती कुन सम्प्रदायको राम्रो, कस्को नराम्रो,अरुको भन्दा आफ्नो उत्कृष्ट भन्ने कुनै मापण यन्त्र नभएको तर माया चै आ आफ्नै सम्प्रदाय प्रति हुने कुरामा कुनै दुइ मत नरहने बारेमा बताउनु भएको थियो  बिशेष अतिथीको  आशन बाट बोल्दै लम्सालले हामीले हाम्रा सन्ततीहरुलाइ छोडेर जाने भनेको भने यहि सस्कृति भएकोले यसको जगेर्नाको लागी संकल्प लिए अनुरुप १०औ करोडको लगानीमा यसै पालिकाको वडा न ८ स्थित बन्देउ डाडामा पिक्निक स्पोर्टस सहितको गौतम बुद्धको  ठुलो मुर्ति निर्माण हुने कार्यको पहिलो चरण कार्य शुरु भै सकेको छ र सो कार्यक्रमको शिल्यान्यास मिती २०७६ माघ २६ गते आइतबारका दिन बागमति  प्रदेशका बन पर्यटन तथा बातावरण मन्त्रि अरुण नेपाल बाट  हुने जानकारी गराउदै उक्त दिन उपस्थितीको लागी अनुरोध गर्नु भएको थियो।बिशेष अतिथी कै रुपमा रहनुु भएका स्थानिय सरकार प्रमुख गुमानध्वज कुवर ले पनि सस्कृती , प्राकृतिक वातावरणको प्रभावको कारण उत्पन्न  हुने प्रक्रिया भएकोले आफ्नो पुर्वज  देखि  अंगीकार गर्दै आएको भाषा धर्म र रितीरिवाज संग सम्बन्ध राख्दछ भने सस्कृती भित्रको रुढिबाढी,कुरीति,अन्धविश्वासले समाजलाइ गतिहिन, कार्य्हिन तथा उपलब्धिविहिन बनाउने हुदा त्यस्ता कुरिति परम्परालाइ त्याग्नु पर्ने बारेमा प्रस्ट्याउनु भएको थियो।
    जिल्ला समंवयन समिती काभ्रेका सदस्य प्रेम लामा ले सस्कृति र मानवजिवन एक आपसमा पारस्परिक सम्बन्ध रहेको हुदा सास्कृतिक मुल्य मान्यता दिइ यसको जगेर्ना  गर्नु हामी  सबैको धर्म रहेको बारेमा बताउदै कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो।बुधबार सम्पन्न कार्यक्रमका संयोजक एंव दोलालघाट पर्यटन प्रवद्धन बिकास केन्द्र दोलालघाटका अध्यक्ष रमेश लामा ले सभापतित्व गर्नु भएको थियो। आमा   स्व, कमला देवी लामा को कोखबाट २०३३ सालमा यस धर्तीमा आएका भएका लामाङ्गले  ३ कार्यकाल दुलालेश्वर बातावरणिय तथा समाज सेवा क्लवको प्रमुख कार्यभार सम्हाल्दै समाजिक सेवाका थुप्रै उदाहरणिय कार्य गरी राजनिती जिवनमा प्रवेश गरेका युवा  नेता पनि हुन हुन्छ। दोलालघाट समाजमा  पर्यटन प्रवद्धनको उद्धेश्य राखी २०७४ सालबाट  अध्यक्ष को बागडोर सम्हालेका लामा ले पर्यटन  प्रवन्द्धको निमित भाषा, धर्म, सस्कृती र परम्पराको जगेर्ना नी उतिकै जरुरी रहेकोले आफुले यस कार्यक्रमको आयोजना गरेको बताउनु भयो। सो अबशरमा उहाले धर्म सस्कृती र परम्परालाइ बेवास्ता गरि थालिएको जति सुकै महोत्वकांक्षी तथा लोकप्रिय योजनाहरु पनि असफल हुने हुदा राज्यले सामजिक धर्म सस्कृती र परम्पराको हेक्का राखि बजेटलाइ  बालुवामा पानी खन्याए झै नगर्न आग्रह गर्नु भऐको थियो। गाउ पालिका उपाध्यक्ष कल्पना श्रेष्ठ,  पालिकाका १० वटै वडाका वडा अध्यक्षहरु दोलालघाट उधोग बाणिज्य संघ दोलालघाटका अध्यक्ष सुरेश कुमार कक्षपति , पुर्व अरनिको यातायात प्रा लि का निवर्तमान अध्यक्ष श्याम बहादुर लामा,बरिष्ठ उपाध्यक्ष बाल कृष्ण श्रेष्ठ लगायत स्थानिय संघ संस्था का प्रतिनिधीहरुको बिशेष उपस्थिती रहेको सो कार्यक्रमको सञ्चालन  स्थानिय समाजसेवि कृष्णमान लामाले गर्नु भएको थियो ।
कार्यक्रममा कलाकारहरुको सांगेतिक प्रस्तुतीले कार्यक्रममा शोभा बढाएको थियो । दोलालघाटमा भएको  कार्यक्रम मा कलकारकारिताको कार्यक्रम भने  लोकप्रियनेत्रज्योती संञ्चार समहुका सदस्य रेडियो टप टाउन काभ्रे भुम्लुका  संंचालक कर्म लामाले संचालन गर्नु भएको थियो।

, , , , ,