दुलालेश्वरले मनायो रजत महोत्सव


एकराज श्रेष्ठ दोलालघाट
 दुलालेश्वरले  रजत महोत्सव मनाएको छ । यही फागुण १० गते बागमति प्रदेशका उप सभामुख  राधिका तामाङको प्रमुख आतित्यथामा सम्पन्न सो रजत महोत्सवमा बागमति प्रदेश सभाका माननिय लक्षमण लम्साल, गोमा भुर्तेल,जिल्ला समन्वय समिती काभ्रेका अध्यक्ष उद्धव के सि ,भुम्लु गाउ पालिका का अध्यक्ष गुमान ध्वज कुवर तथा उपाध्यक्ष कल्पना श्रेष्ठ ,जिल्ला समन्वयन काभ्रेका सदस्य प्रेम लामा को बिशेष आतित्यथामा महोत्सव सम्पन्न भएको  हो ।काठमाण्डौबाट ५७ किलो मिटर पुर्व काभ्रेको प्रमुख  बजार मानिने बनेपाबाट  पनि ३१ किलोमिटर पुुुर्व  पर्यटकिय नगर  तातोपानी नाका ,  सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा र भुम्लुु गाउ पालिकाको मुख्य  द्वारको रुपमा चिरपर्चित पर्यटकिय नजरले बिश्वको मानचित्रमा रेखाङ्कित  दोलालघाट बजारमा सामजिक क्रियाशिल रुपमा चिनिने  संस्था दुलालेश्वर क्लव , २५ बर्ष पहिले संस्थापक सुरेशकुमार कक्षपतिको अध्यक्षता दुलालेश्वर वातावरणिय तथा समाज सेवा क्लवको नामाकरणबाट स्थपना भएको हो ।   बर्तमान पदाधिकारीका अभिभावक अष्ट बहादुर श्रेष्ठ  रहनु भचएको छ ।  आफ्नो जीवनको यौवनअवस्थाको आधा उमेर अर्थात करिव १२ वर्ष यस संस्थामा लगानी गरी आर्थिक तवरमा न्यून रहेको संस्थालाइ वार्षिक लाखौ आम्दानीको श्रोत बनाउने सफल तथा कुशल सहायक  खेलाडीको पात्र बने पश्चात २ कार्यकाल प्रमुख जिम्मेवारीका साथ  आज समाजको प्रमुख ढुकढुकीको पात्र बनेका छन ।








     संस्थाको इतिहासलाइ केलाउदा संस्थाले स्थापनाकाल देखि प्रकृतिले दिएको सुन्दर उपहार स्वरुप भौगोलिक, सास्कृतिक एंव ब्यापारी केन्द्रको रुपमा रहेको दोलालघाटमा अवस्थित  संस्थाले स्थापनाकाल देखि ३ वटा महोत्सव  ,साप्ताहिक बुधबारे स्वास्थ क्लिनिक, बार्षिक  रुपमा आखा शिविर,ई रिक्सा द्धारा दैनिक घरदैलो फोहोर संकलन,टोल टोलमा सडक बत्ति,तिज बिशेष कार्यक्रम,राष्ट्रिय स्तरको भलिवल प्रतियोगिता,वडा स्तरिय  भुम्लु गाउ पालिका ब्यापी फुटबल प्रतियोगिता, एम्बुलेन्स सेवा,बार्षिक रुपमा रक्तदान कार्यक्रम,सार्वजनिक शौचालय निर्माण तथा ब्यवस्थापन गरि खुल्ला दिशा मुक्त क्षत्र बनाउनु, संस्थाको आफ्नै भवन निर्माण लगायत समाजिक कार्य गरेको छ।  दैनिक घर घरमा गई फोहोर संकलन गरी निश्चित ठाउँमा ब्यवस्थापन गर्नु साथै छाडा चौपायामा रोक लगाउनु  यिनै कार्यलाई दोलालघाटको इतिहासको उदाहरणिय कार्य भएको देखिन्छ।
 यो संस्था कुनै व्यक्ति विशेष नभइ यश संस्थासंग आवद्ध  सबैको साझा सम्पति हो यीनै बिचारका साथ संस्थाको रजत महोत्सवको
दिन अनावरण गरिएको गौतम बुद्धको प्रतिमाको लागी करिव आठ लाख रुपैयाको हाराहारीमा चन्दा सहयोग गरेका थिए स्थानिय तथा आसपासका मनकारी दाताहरुबाट।
उक्त कार्यक्रममा सभाध्यक्षको क्रममा प्रस्तृत प्रतिबेदनअनुसार संस्था तिब्र गतिमा  रहेको हुदा  पालिकालाइ सहयोग गर्न र आवश्यकता अनुसार प्रदेश सरकारमा पनि पहल गर्ने बचन बद्धता प्रुमख अतिथीबाट गौतम बुद्धको प्रतिमा अनावरण  पश्चात गर्नु भएको थियो।बिशेष  अतिथी प्रदेश सभा ३ का माननिय लक्षमण लम्साल ज्युले सस्थाको कार्यशैलि सन्तोष जनक  देखिएकोले हरेक अवस्थामा साथ र सहयोग  दिने प्रतिबद्धता गर्नु भएको थियो
स्वच्छ तन, मन वचन र कर्म ले समाजको सेवा गरौ भन्ने मुल नारा लिइ जन्मेको यो संस्थामा हामी र हाम्रो भन्ने भावनालाई अंगाल्दै, यस संस्थाको राम्रो नराम्रो पक्षको सहि मुल्याङकन गरी उचित सल्लाह, सुझाव तथा निरन्तर साथ सहयोग प्रदान गरि संस्थालाइ सफलताको मार्गमा दोहोर्याउन अहम भुमिका  निर्वाह गर्न , हरेक  कार्यमा पालिकाको नितीनियम भित्र रहि समन्वयनमा  रहन र जुन बिश्ववास आशका साथ पाईएको जनबिश्ववास खेर नफाल्नुको साथै तरकारीमा भन्दा मसलामा नखर्चिन आग्रह सरकार प्रमुख गुमान ध्वज कुुुवर ज्युुले गर्नु भएको थियो।साथैै जिल्ला समन्वयन समितीका सदस्य प्रेम लामाा,संंस्थापक अध्यक्ष सुुरे कुुुमार कक्षपति तथा अन्य संंघ संंस्थाका प्रमुुखहरुबाट शुुभकामना दिएको सो कार्यक्रममा स्वागत मन्तव्य  मन्डन देउपुुर वडा न १२ का वडा अध्यक्ष एंव संंस्थाका सल्लाहकार गोबिन्द प्रसाद पराजुुुुलिले  दिनुु भएको भने कार्यक्रम संंचालन रेडियो टप टाउनका संचालक कर्म लामा ले गर्नुु भएको थियो। भपचबवटघ

, ,