नेपाल शिक्षक संघ सि.पा.को २० औं प्रतिनिधी सभा सम्पन्न


तुलसी प्रसाद दंगाल
लोकप्रिय समाचार
नेपाल शिक्षक संघ जिल्ला कार्र्यसमिति सिन्धुपाल्चोकको आयोजनामा २०७६ माघ २५ गते सुकुटे मा.वि सुकुटेमा २० औं प्रतिनिधी सभा सम्पन्न भयो । बाग्मती प्रदेशका १३ वटा जिल्ला मध्ये पहिलो प्रतिनिधी सभा सफलतापुर्वक सम्पन्न गरियो । शिक्षक संघको परिवर्तित संघिय बिधान अनुसार १२ वटै स्थानीय तहको दोस्रो प्रतिनिधी सभामा सम्पन्न गरी जिल्ला प्रतिनिधी सभा माघ मसान्त सम्ममा गर्ने बिधान अनुसार सम्पन्न गरियो । २० औं प्रतिनिधी सभाका विधान अनुसार १२ वटै स्थानीय समिति, जिल्ला समितिका प्रतिनिधी मुलक शिक्षकहरुको व्यापक उपस्थिती भयो । कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका पुर्व सुचना तथा सञ्चार मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य श्री मोहन बहादुर बस्नेतले शिक्षक संघको भुमिकाको प्रशंसा गर्दै आई परेका सम्पुर्ण काममा समस्या समाधानका लागि सहयोग गर्न नेपाली काँग्रेसले जिम्मेवारी लिने बताउनु भयो । वर्तमान सरकारले विकास निर्माणका काममा विगत सरकारले गरेका कामको निरन्तरता दिनुपर्नेमा विशेष जोड दिनुभयो ।

विशेष अतिथि नेपाल शिक्षक संघ संघिय समितिका महासचिव श्री सोमनाथ गिरीले हालसम्म शिक्षकहरुको पक्षमा भएको उपलब्धिहरुमा शिक्षक संघको अहम् भुमिका रहेको र अस्थायी शिक्षक व्यवास्थपन भएको र ईसिडि, विद्यालय कर्मचारी तथा राहत शिक्षकको माग पुरा गरी अबिलम्बन संघिय शिक्षा ऐन आउनुपर्ने र विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयन गराउने कुरामा विशेष जोड दिनुभयो । त्यसैगरी विशेष अतिथि बाग्मती प्रदेश अध्यक्ष श्री नारायण प्रसाद तिमल्सिना र संघिय उप महासचिव अर्थ वाङजुङ लामाले शिक्षक संघका गतिविधीका बारेमा थप जानकारी गराउनु भयो ।
कार्यक्रममा बाग्मती प्रदेश उपाध्यक्ष श्री यज्ञ प्रसाद दंगाल, उप महासचिव दिप शंकर चौलागाई, पुर्व केन्द्रिय सदस्य रुद्रलोचन आचार्य, ट्रेड युनियन काँग्रेस जिल्ला सचिव हरिचन्द्र खड्का, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष श्री मैंया पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभयो । शिक्षक संघका जिल्ला उपाध्यक्ष शिवराम न्यौपानेले स्वागत सचिव ऋषिराम पौडेलले कार्यक्रम संचालन गर्नुभयो । शिक्षक संघ जिल्ला कार्यसमितीका अध्यक्ष तुलसी प्रसाद दंगालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिवद्धयले सांगठनिक र आर्थिक प्रतिवेदन एवं भावि कार्यक्रम प्रस्तुत गर्नुभयो । कार्यक्रममा विशेष अतिथि शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख श्री कृष्ण प्रसाद सुवेदी, शिक्षक महासंघ जिल्ला अध्यक्ष श्री धुव्रराज गिरी लगायतका महानुभावहरुको उपस्थिती रहेको कुरा अध्यक्ष तुलसी प्रसाद दंगालले जानकारी दिनुभयो ।

, , , ,