पुनर्निमाण ऋण दिन बैक तयार
अस्मिता परियार
सिन्धुपाल्चोकमा क्रियाशिल बैंकहरु पुनर्निमाण अन्र्तगत ३ लाख रुपैया ऋण भुकम्पपिडित नागरिकलाई दिनको लागि तयार भएका छन् ।
कार्यक्रममा वित्तिय संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत कुल मुनाफाको १ प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्ने प्रावधान बारे पनि छलफल भएको थियो । छलफलमा यसरी गरिने खर्चलाई कसरी भूकम्पपिडित नागरिकहरु सम्म पु¥याउन सकिन्छ भनेर छलफल गरिएको थियो । सोहि क्रममा नेपाल बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत सिपातिनघरे संस्कृत माध्यामिक विद्यालयमा ५२ लाखको ४ कोठे विद्यालय भवन र्निर्माण गरेको प्रबन्धक दाहालले बताउनु भएको थियो । त्यस्तै कृषि विकास बैंकले भने चौतारा साँगाचोकगढी नगरपालिका १० मा रहेका भिमसेन माविमा शिक्षक सहयोग गरेको, रामेश्वरी आधारभुत विद्यालयमा कम्प्यूटर, प्रिन्टर जस्ता सामाग्री वितरण गरेको र बैंकिङ्ग सचेतना अभिवृद्धि गर्ने उद्देश्य अनुरुप १००० जनाको खाता खोली बैकको तर्फबाट १०० रुपैया खातामा जम्मा गरिएको शाखा प्रमुख भूमिराज न्यौपानेले बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ्गले बैकहरुले पुर्नर्निमाण कर्जा कार्यविधिले तोके बमोजिम गर्नका लागि बैकहरुले भुकम्पपिडितलाई प्रदान गर्नूको विकल्प नरहेकोले आलटाल नगर्न सम्पुर्ण बैंकहरुलाई आग्रह गर्नु भएको थियो । त्यस्तै सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकहरुले गर्ने खर्च तथा कार्यलाई एकिकृत तथा समन्वयात्मक ढंगले अगाडी बढाउन आवश्यक रहेको समेत बताउनु भएको थियो ।