वेबारिसे अवस्थामाबच्चा फेला
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नम्बर ११ स्थित मेलम्ची बजार नजिक एक बेबारिसे बालक फेला पारेको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक माधब काफ्लेका अनुसार फागुण १२ गते शिव मन्दिर भित्र करिव ३,४ दिन अगाडी जन्मेको जस्तो देखीने अभिभावक पत्ता नलागेको शिशु (छोरा) जिवितै रोई बेबारीसे अवस्थामा छ भन्ने खबर स्थानीय निर्मला दुलालले दिनासाथ ईलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी अधिकृतको कमाण्डमा टोली खटी गई उक्त शिशुको उद्धार गरी नगरपालिकाका उपप्रमुख समेतकोसमन्वयमा प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा सुरक्षितसाथ राखीएको,बच्चाको अवस्था सामान्य रहेको, सो सम्बन्धमा अनुसन्धान भईरहेको छ ।