चैत१गते देखी राष्टीय खोप अभियान शुरु


नेपाल सरकारले आगामी चैत्र १ गते देखी राष्ट्रिय रुपमा दादुरा रुवेला खोपको अभियान हुने भएको छ । यस सन्धर्भमा सिन्धुािल्चोक जिल्लामा पनी  चैत्र महीना भरी खोप अभियान सञ्चालन गरिने भएको छ । 

पहीलो चरणमा चैत्र१ गते देखी १५ गते सम्म चौतारासाँगाचोकगढी नगरपालीकाको १४वटै वडामा  खोप संञ्चालन हुनेस्वास्थ्य कार्यलयका खोप अधिकृत पार्थमणी न्यौपाने ले  जानकारी दिनु भयो । उँहाका अनुसार सरकारको २०२३ समममा नेपाललाइ दादुरा रोग  निबारण गर्ने योजना अनुरुप यो अभियान शुरु गरिएको हो । न्यौपानेले यो अभियान पहिलो चरणमा चैत १गते देखी १५ गते समम चौतारासाँगाचोकगढी नगरपालीका ,मेलम्ची नगरपालीका,हेलम्बु गाँउपालीका  पाँचपोखरीगाँउपालकिा र इन्द्रावती गाँउपालीकामा  दादुरा रुवेला बिरुद्ध खोप  लगाउँने कार्यक्रम रहेको छ । यसै गरि दोश्रो चरणमा चैत १५ गते देखी ३० गते सम्म बाह्र्बिसे नगरपालीका,भोटेकोशी गाउ पालकिा त्रिपुरा सुन्दरी गाँउपालीका सुनकोशी गाँउपालीका लिसंखुपाखर गाँउपालीका बलेफी गाँउ पालीका र जुगल गाँउ पालीकामा खोप लगाइने जानकारी दिनु भएको छ । स्वास्थ्य कार्यलयका कोल्डचेन निरिक्षक पुन्य बहादुर श्रेष्ठले हरेक खोप केन्द्रमा आबश्यक ब्यबस्थापनका लागी स्वास्थ्यकार्यलय तथा मातहतका स्वास्थय हरुबाट आबश्यक कार्य भइरहेको बताउँनु भयो । हरेक पालीकामा पालीकाका वडामा वडाका जनप्रतिनिधिहरु र जिल्लामा जिल्ला सम्मन्वय समिती मार्फत यो अभियानलाइ सफल पार्न हरेक निकायलाइ सक्रीय गराउँने भएका छन । सिन्धुपाल्चोक जिल्लामा मात्र ७८०वटा खोप केन्द्र बाट २०७०४जना बालबालीकालाइ खोप लगाइने योजना रहेको छ । शिशु जन्मेको ९महीना देखी ६० महीना सम्मका अर्थात ५बर्ष मुनीका बालबालीकालाइ लगाइने यो खोपका लागी  ७८० स्वास्थ्यकर्मी तथा १५६० स्वयम सेवक हर परिचालन गरिने स्वास्थ्य कार्यलयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गा दत्त चापागाइले बताउँनु भयो । २००३ देखी  दादुरारुवेलाको सर्भीलेन्स शुरु भएको र त्यस बर्ष ५४१९जना दादुराको बिरामी फेला परेका थिए । २००४मा यो संख्या बढेर ८१३३ थियो भने २०१८मा यो घटेर २६० पुगेको तथ्याङ्कले देखाएको छ । २०१९मा ३६६ दादुराको रोगी देखीएको थियो ।



, , , ,