कारागारवाट फरार कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २ जना पक्राउ


        कारागारवाट फरार कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २ जना पक्राउ  परेका छन । सिन्धुपाल्चोक जिल्ला  साविक तातोपानी गा.वि.स.वडा नं. २ स्थायी  ठेगना हाल जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा न.८ सुडाल वस्ने  बर्ष ४४ को सोम वहादुर तामाङ र निज सोम वहादुर तामाङको छोरा वर्ष १८ को निमा छिरिङ तामाङ भएको कर्तव्य ज्यान मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०७२असार २८ गतेको फैसलाले  जन्म कैद सँजाय भएकोमा कैद असुल उपर गर्न बाँकी रहेका निज प्रतिवादीहरु २०७२ साल वैशाख १२ गतेको विनाशकारी भुकम्प आई  कारागार क्षति भए पछी  फरार रहेका  प्रतिवादीहरुकाजिल्ला प्रहरी कार्यलय  र मातहत ईलाका प्रहरी कार्यालय वाह्रविसेवाट  खटिएको प्रहरी टोलिले निरन्तर खोजी कार्य जारी राखेकोमा निज प्रतिवादीहरुलाई फेला पारि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी  कार्यलयका प्रहरी उपरिक्षक सुिचना अधिकारी मात्रब प्रसाद काफ्लेले जानकारी दिनु भएको छ । उँहाका अनुसार  २०७६फागुण १३ गते भक्तपुर विजल्ला  चाँगुनारायण न.पा. वडा न.८ सरस्वती ईट्टा भट्टा बाट फेला पारी नियन्त्रणमा लिई पक्राउ गरी निज प्रतिवादीहरुलाई १४ गते  सिन्धुपाल्चोक जिल्ला अदालतमा उपस्थित गराईएकोमा  सिन्धुपाल्चोक जिल्ला अदालतले असुल उपर गर्न वाँकी जनही कैद  २९ वर्ष ३ महिना २४ दिन भुक्तानको लागीै कैदी पूर्जी दिई जिल्ला कारागार कार्यालय, सिन्धुपाल्चोक पठाईएको छ । 


,