प्रेस काउन्सिल नेपालको ५ सदस्यीय प्रतिनिधिमण्डल म्यान्मार राजधानी न्ये पीतमा


काठमाडौंर म्यान्मार प्रेस काउन्सिलको निमन्त्रणामा २०७६ फागुन ६ गते ९फेब्रुअरी  १८, २०२०० प्रेस काउन्सिल नेपालको ५ सदस्यीय प्रतिनिधिमण्डल राजधानी न्ये पीत पुगेको छ ।


प्रेस काउन्सिल नेपाल, अध्यक्षका नीजी सचिव महेन्द्रराज सिंहद्वारा प्रेषित जानकारीअनुसार  प्रतिनिधिमण्डललाई स्वागतार्थ आयोजित कार्यक्रममा म्यानमार काउन्सिलका अध्यक्ष ९३ बर्षीय अध्यक्ष उ आन च्याइङ्गले भन्नुभयो– ुछोटो अवधिमा जेजति गर्यौं, मिडियाकै हितमा गर्यौं । तपाईंहरुजस्ता अनुभवी साथीबाट सिकेर अझै धेरै गर्नु छ  ,नेपाली प्रतिनिधि मण्डलका नेता तथा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भन्नुभयो–काउन्सिलले प्रेस स्वतन्त्रताको रक्षा गर्दै मर्यादित तथा जिम्मेवार पत्रकारिताको विकासको निम्ति पत्रकार आचारसंहिताको कार्यान्वयन, मिडियाको अभिलेख तथा नियमन, उपचार र सञ्चारसामग्री खरिदमा अनुदान, पत्रकारलाई पुरस्कार तथा सम्मान,पत्रपत्रिकाको वर्गीकरण आदि कार्यहरू गर्दै आएको छ।

१। प्रतिनिधिमण्डलले म्यान्मार काउन्सिलका पूर्व अध्यक्षसमेत रहेका सञ्चारमन्त्री डा।पी। मिन्त र सञ्चार सहायकमन्त्री अङ् ला तुनसँग शिष्टाचार भेटघाट तथा छलफल गरेको छ । सो अवसरमा मन्त्रीद्वयले दुई देशका प्रेस काउन्सिलवीचको सम्बन्ध घनिभूत बनाउन आफूहरुले सक्दो मद्दत गर्ने, सन् २०१५ मा स्थापित म्यान्मार काउन्सिललाई थप स्रोतसाधनयुक्त बनाउन बजेटको व्यवस्था गर्नेलगायत प्रतिबद्धता जनाउनुभएको छ । हालै ऐतिहासिक भवनमा म्यानमार काउन्सिलको कार्यालय सारिएको छ ।
जुन भवनमा नोबेल पुरस्कार बिजेता बंगाली साहित्यकार रबिन्द्रनाथ टैंगोर सन १९२४ मा बस्नुभएको थियो । मणिमानिक्य, जवाहरात, हिरारत्न,तेल, ग्यास, माछा, टिम्बरलगायत म्यान्मारको प्रमुख उत्पादन हुन् । चीन र भारत दुईदेशसँग बर्माको सीमाना जोडिएको छ ।   

२। मिति २०७६ फागुन ८ गते तदनानुसार फेब्रुअरी  २०, २०२० मा  प्रमुख निर्वाचन आयुक्त उ ल्हा थिनसंग नेपाली प्रतिनिधिमण्डलले भेटघाट तथा छलफल गरेको छ । प्रमुख निर्वाचन आयुक्त थिनले यसैवर्ष बर्मामा आमचुनाव हुन गइरहेको सन्दर्भमा नेपालबाट चुनावसम्बन्धी आचारसंहिता सिक्न इच्छुक रहेको बताउनुभयो । आमनिर्वाचनको बेला काउन्सिलले आचारसंहिता कसरी लागू गराउन सक्छ रु स्वस्थ, निष्पष, स्वतन्त्र निर्वाचनको निम्ति मिडिया र निर्वाचन आयोगले के, कस्तो भूमिका निर्वाह गर्न सक्छन् रु यससम्बन्धी नेपालका अनुभवहरु के–के हुन् रु भन्दै उहाले जिज्ञासा राख्नुभएको थियो। अनुभव आदान–प्रदान तथा त्यसनिम्ति आपसी सहकार्य गर्ने समझदारी भएको छ । कार्यक्रममा म्यानमारको सातवटै राज्यका निर्वाचन आयुक्तहरुको सहभागिता थियो ।

३। २०७६ फागुन  ९ गते शुक्रबार म्यानमारका सेना प्रमुख मिन अङ् लाइँसँग शिष्टाचार भेटघाट भएको छ । सो अवसरमा कार्यवाहक अध्यक्ष श्रेष्ठले ४–५ पुस्तादेखि बर्मामा बस्दै आएका नेपाली दाजुभाइको नागरिकतासम्बन्धी मुद्धा,उनीहरुको पेशा, व्यवसायको सुरक्षामा चासो व्यक्त गर्नुभएको थियो । दोस्रो विश्वयुद्धताका १४ देखि १९ वर्ष उमेर समूहका नेपाली योद्धाहरुले बर्माको तर्फबाट जापानसँग भिषण लडाइँ लडेका थिए । ती योध्दाको सम्मानमा शहीद स्मारक तथा शालिक निर्माण गरिएको छ ।
सेनापति लाइनले जल,थल, हवाई मार्ग प्रयोग गरेर दुई देशवीचको साँस्कृतिक,परम्परागत, व्यापारिक तथा मिडिया सम्बन्धसमेत विकास गर्न सहयोग पुर्याउने, औद्योगिक व्यापार मेला आयोजना गर्न निःशूल्क स्टल उपलब्ध गराउने बचन दिनुभयो ।
म्यानमार(नेपाल सिधै जोडिने हवाईसेवा सञ्चालन गर्न निजी क्षेत्रको बायुसेवा कम्पनीसँग आग्रह गरिएको, सामान ढुवानीको लागि कलकत्ता बन्दरगाहसम्म पानीजहाज उपलब्ध गराउने विषयमा उपराष्ट्रपतिलाई आग्रह गरिएको जानकारी पनि दिनुभयो । म्यानमारको संसदमा सेनाको २५ प्रतिशत प्रतिनिधित्व रहेको छ । उपराष्ट्रपति, रक्षामन्त्री, गृहमन्त्री र सीमा सुरक्षा मन्त्री सेनाले खटाउँछ । यसअघि सन् २०१७ डिसेम्बर १०–१५ तारेखमा प्रेस काउन्सिल नेपालको प्रतिनिधिमण्डल म्यानमारको पुरानो राजधानी यांगुन पुग्दा सेनाप्रमुख लाइन त्यही दिन नेपाल काठमाडौं पुग्नुभएको थियो । आगामी मे महिनामा नेपालमा हुने बौद्ध सम्मेलनको अवसर पारेर बर्माबाट उच्चस्तरीय  भ्रमण हुनसक्ने बताइएको छ । नेपालभन्दा जनसंख्यामा दोब्बर, क्षेत्रफल चौबर रहेको, बर्मामा ६ लाख सेना छन् । त्यहाँ वाहा, कचिन, करेन, रोहिंग्या लगायत ९ जनजातिका आफ्नै सेना अस्तित्वमा रहेको छ । वाहा सेना शक्तिशाली मानिन्छ । बैठक २ घण्टासम्म चलेको थियो । म्यानमारमा दुई लाख नेपालीको बसोबास रहेको छ । जसमध्ये ८० प्रतिशतले नागरिकता प्राप्त गरेकाछन् ।

४। २०७६ फागुन १० गते शनिबार नेपाली प्रतिनिधिमण्डलले पर्यटन उपमन्त्री उ टिन लाटसँग शिष्टाचार भेट गरेको छ । भ्रमण वर्ष,२०२० को प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रभातफेरी पनि सम्पन्न भएको छ । 

५। प्रतिनिधिमण्डलले नेपालका लागि म्यानमारस्थीत राजदूत भीम उदाससँग शिष्टाचार भेट गरेको छ । यसक्रममा  राजदूत उदासले नेपाल–म्यानमारवीच भाषिक–साँस्कृतिक समानता रहेको, मिडियाको माध्यमबाट दुईदेशवीच सम्बन्ध विस्तार गर्नुपर्ने, दुवै देशका जटिलतालाई कूटनीतिकरुपले समाधान गर्नुपर्ने बताउनुभएको थियो ।
राष्ट्रपतिको अकस्मात भारत भ्रमण परेको कारणले त्यहाँका स्टेट काउन्सिलर तथा परराष्ट्र मन्त्री आङ साङ सुकीसँगको भेट अहिलेलाई स्थगित गरिएको छ । सन् २०१९ मा प्रधानमन्त्रीको हैसियतमा सुकी र त्यहाँका राष्ट्रपति नेपाल आउनुथियो भने नेपालबाट पनि राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमार भ्रमण गर्नुभएको थियो । उच्चस्तरीय तथा मैत्रीपूर्ण भ्रमणले दुईदेशको सम्बन्ध घनिभूत हुँदै गएको छ ।  सुकीले प्रजातन्त्रको लडाइँमा दुई दशक लामो नजरबन्द जीवन बिताउनुभयो । नेतृ सुकीकि आमा म्यानमारको लागि नेपाल र भारत हेर्नेगरी राजदूत भई सन् ६० को दशकमा नेपाल आउँदा सुकी पनि सँगै आएको र दुई बर्ष नेपालमा बसेर बुध्द शिक्षा हासिल गर्नुभएको थियो । उहाँको कान्छो छोराको जन्म नेपालमै भएको हो ।
५ सदस्यीय नेपाली टोलीसङ्ग शुरुदेखि नै म्यान्मार प्रेस काउन्सिलका अध्यक्षसहित ९ जना काउन्सिलर यात्रारत हुनुहुन्छ । नेपाली डेलिगेसनले बर्माका सरकारी तथा गैरसरकारी निकायका प्रमुखहरुसँग भेटघाट गर्ने, प्रेस स्वतन्त्रताको लागि योगदान गरेका मिडियाको वर्तमान अवस्था, ऐतिहासिक, धार्मिक पर्यटकीय स्थलको अध्ययन–अवलोकन गर्ने कार्यक्रम छ । यसक्रममा भ्रमण टोली पुरानो राजधानी याङ्गुनबाट ८ सय किलोमीटर लामो सडकमार्ग पार गर्दै नेपाली वस्ती माण्डलेसमेत पुगेको छ ।


, ,