हराएको मुर्ती भेटियो



राम के.सी.
चौतारा ११ फागुन ÷ सिन्धुपाल्चोकको जुगल गाउपालिका ५ स्थित विम्रेनी वनको ओढार भित्र रहेको दोमवाङ पोखरी महादेव मन्दिर बाट हराएको मुर्ती आठ महिना पछि फेला परेको छ । प्रहरी र स्थानीयको सक्रियतामा खोजतलास पछि सोही वडाको विम्रेनी सामुदायिक वनमा लुकाई छिपाई राखेको अवस्थामा शुक्रवार फेला परेको छ ।
भेटिएको मुर्तीलाई मन्दिरका पुजारी ङडुप लामाको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनु भयो ।
प्रहरीका अनुसार महादेव मन्दिरमा रहेको शीलाको साँढे (वसाह) गत साउनमा हराएको थियो । मुर्ती हराए पछि स्थानीय र पुजारीले खोजतलास को लागि भदौ ३ गते प्रहरीमा निबेदन दिए पछि खोजतलास सुरु भएको थियो ।

घाइते वन्यजन्तुको उद्धार

यसै विच जुगल गाउपालिका २ स्थित लिदी भिर माथी चढदै गरेको बयस्क घोरल लेडेर घाइते भएपछि जीवीतै उद्धार गरिएको छ । प्रहरी स्थानीयको पहलमा उद्धार गरिएको घोरललाई शनिवार जलविरे स्थित सव–वन डिभिजन कार्यालयको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ । रासस

,