पर्यटकीय भ्युटावर सहित बुद्धको मुर्तिको शिल्यान्यास


एकराज श्रेष्ठ
लोकप्रिय समाचार
भुम्लु गाउँपालिका वडा न ८ काभ्रे अवस्थित बन्देउ डाँडामा बन्न लागेको पिकनिक स्पोर्टस सहितको पर्यटकिय भ्यु टावर तथा बुद्धको मुर्तिको शिल्यान्यास कार्यक्रम हिजो बाग्मती प्रदेशको उद्योग वन वातावरण तथा पर्यटन मन्त्री अरुण नेपालबाट सु–सम्पन्न गरिएको थियो । कार्यक्रममा शिल्यान्यास गर्दै प्रमुख अतिथी मन्त्री अरुण नेपालज्युले देशमा अब कुनै शक्ती र तन्त्रको अन्त्य भैसकेकोले देश समृद्धी तर्फ जाने कुरामा कोही कतैबाट बाधा अवरोध नहुने साथै पर्यटन बिकासको निमित हरेक बर्ष प्रदेशको कुल बजेटको लगभग ३ प्रतिसत पर्यटन बिकास निमित खर्चिएको र आगामी बर्षहरुमा यसको गुणात्मक रुपमा बढ्दै लाने बारेमा प्रस्ट्याउनु भएको थियो ।

करिब १० करोडको लागतमा सम्पन्न हुने उक्त पर्यटक स्थल दोलालघाट बजारबाट ५८६ मिटरको दुरीमा १००० सिंढीको पैदल यात्रा गरेर पुगिन्छ । ब्राईट राज दिव्यश्वरी जे.वि बाट सम्पन्न गरिने उक्त संरचना यस आ.व को एक करोड छयानव्वे लाख पैसठ्ठी हजार तिन सय
अस्सी रुपैयाको लागतमा (भ्याट कटाएर) सम्पन्न हुँदा यस आ.व मा ५८६ मिटरको दुरीमा १००० सिंढी, सिंढीको दुरी भित्र ८६ वटा बिश्राम स्थल, भ्यु टावर, ३ वटा स्तरिय शौचालय, ७ वटा राउण्ड कटेज लगायत पिकनिक स्पोर्टस सम्पन्न हुने जे.विका संचालक बिश्व धितालजीले बताउनु भयो ।
बिशेष अतिथी पुर्व श्रम राज्य मन्त्री गोविन्दनाथ उप्रेतीज्युले शिल्यान्यास मात्र नभई यसको निर्माणको अन्त्य सम्म ध्यानाकर्षण गरि दिनुहुन प्रमुख अतिथी ज्युलाइ आग्रह गर्नु भयो साथमा उहाँले आगामी आ.व को बजेटमा केन्द्रिय बजेट पनि बिनियोजित गरि दिनु हुन अपिल गर्नु भएको थियो ।
काभ्रे र सिन्धुको सिमाना बन्देउबाट गाडीको माध्यमबाट पुग्न सकिने उक्त स्थानमा बनिने पालिकाकै नमुना पर्यटकिय स्थल बनिने हुदा स्थानिय सरकार प्रदेश सरकार र संघिय सरकार पर्यटकहरुलाई आकर्षकका अन्य योजनाहरु ल्याउन र बजेट बिनियोजन गर्न अनुरोधका साथ बनेका संरचनाहरुलाई व्यवस्थित र संरक्षणको निमित स्थानिय संघ सस्था तथा स्थानियहरुमा अनुरोध विशेष अतिथी  प्रदेशसभा ३ का माननिय लक्ष्मण लम्सालज्युले बताउनु भयो । उहाँले सबैले महत्व दिईकार्य गरेमा हेटौडामा अवस्थित शहिद पार्कझै विशेष आकर्षणको बिन्दु बन्न गई भुम्लु गाउँपालिकाकै शानको प्रतिरुप हुने कुरामा कुनै दुई मत नरहने बारेमा बताउनु भयो । कार्यक्रमका आयोजक भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरज्युले सभापतित्व गर्दै अवस्था र आवश्यकता अनुसार पालिकाको विकासको निमित्त हरेक अवस्थामा पालिका तयार रहने बारेमा बताउनु भयो । उक्त स्थानमा पानीको अभाव प्रचुर मात्रामा रहेकोले यसको समाधानको निमित्त सम्बन्धित निकायमा पहल गरिदिने साथमा उहाँले सार्वजनिक जग्गाहरुको थिचोमिचोको अन्त्य गर्ने, सिन्धुपाल्चोक र काभ्रेको सिमाना विवादको निमित पनि नितीगत ढंगबाट सुल्झाउने प्रतिबद्धता गर्नु भएको थियो ।
साथै आजको शिल्यान्यासबाट सम्पन्न हुने भोलिको संरचनालाइ संरक्षण गर्न सबैको दायित्व भएकोले सबैले साथ दिन अनुरोध गर्नुभयो । अतिथी दोलालघाट उधोग बाणिज्य संघका अध्यक्ष सुरेश कुमार कक्षपति ज्युले पर्यटकको आर्कषण निमित बनिन लागेको यस संरचनाको साथमा सुनकोशी र ईन्द्रावति नदिलाइ दुषित बनाईने आधारहरुको पनि नितीगत ढंगबाट अन्त्य भए सुनमा सुगन्ध हुने कुरामा औल्याउनु भयो । कार्यक्रममा जिल्ला समन्वयन समितीका अध्यक्ष उद्धव के.सि, पालिका उपाध्यक्ष कल्पना श्रेष्ठ, पर्यटन बिकासका आयोजनाका प्रमुख शिव सापकोटा, ने.क.पा जिल्ला कमिटीका सदस्य प्रेम भुजेल, अनिता गुरुङ, ने.का.पा जिल्ला कमिटी का सदस्य बाल कृष्ण श्रेष्ठ, पर्यटन विकास आयोजनाका अध्यक्ष दिनेश कुँवर, वडाका अध्यक्षज्युहरु, दुलाललेश्वर वातावरणीय तथा समाज सेवा क्लवका अध्यक्ष अष्ट बहादुर श्रेष्ठ लगायत विभिन्न संघसस्थाका प्रतिनिधीको आतिथ्यमय रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य वडा नं ८ का वडाअध्यक्ष मोती लामाज्युले दिनुभएको थियो भने कार्यक्रम संचालन, कार्यक्रम व्यवस्थापन एवं दोलालघाट पर्यटन प्रवद्धन तथा समाज विकास केन्द्रका अध्यक्ष रमेश लामाज्युले गर्नु भएको थियो ।

, , , ,