सिन्धुपाल्चोकमा बस दुर्घटना तीन घाइते


रूपक पुरी
लोकप्रिय समाचार
सिन्धुपाल्चोकको लिसँखुपाखर गाउँपालिका ५ स्थित १९ किलोमा यात्रुवस दुर्घटना हुँदा तीन घाइते भएका छन् । दोलखाबाट काठमाडौंतर्फ गईरहेको बा ४ ख ५१ नम्बरको रोल्वालिङ समितिको वस अनियन्त्रित भई भित्तामा ठोकिदा दुर्घटना भएको बताईएको छ । दुर्घटनामा परी लिसँखुपाखर गाउँपालिका वडा नम्बर ५ की ठुलीकान्छी तामाङ , सोही स्थानकी फूलमाया तामाङ  र सञ्चमाया तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । घाइतेको उपचारका लागि खाडिचौर पठाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसको अगाडिको सिसा फुटेको छ भने चालक समपर्कमै रहेका छन् ।


,