चुलो छोइएला भन्दै दुव्र्यवहार गर्ने कार्की पक्राउ

लोकप्रिय समाचार
बलेफी गाउँपालिका वडा न. ८ लामोसाघुको सन्तोषी होटलमा मनिक गहतराजलाई चुलो छोईएला भन्दै जातिय छुवाछूतजन्य दुव्र्यवहार  गर्ने नेत्र बहादुर कार्कीलाई प्रहरीले जातिय विभेद तथा छुवाछुत कसुरमा अनुसन्धानका लागि पक्राउ गरेको  छ । गत फागुन ५ गते बिहानको समयमा खाजा खान भनेर नजिकैको सन्तोषी होटलमा गएका मनिकलाई होटलमा चिया खाएर निजकी श्रीमति पार्वती कार्कीलाई पैसा दिने क्रममा संचालक नेत्र बहादुर कार्कीले कामी भएर चुलो नजिक आउन पाइदैन नत्र नराम्रो होला भन्दै धम्काउदै दुव्र्यवहार गरेका थिए । पिडित गहतराजले इलाका प्रहरी कार्यालयमा फागुन ६ गते उजुरी दर्ता गराएपछि साँझ प्रहरीले पक्राउ गरेको हो । जातीय तथा अन्य छुवाछूत तथा भेदभाव (कसुर र सजाय ) ऐन २०६८ मा  निजि तथा सार्वजनिक स्थलमा जातिय विभेद गरेमा तिन महिना देखि तिन वर्ष सम्म कैद  र पचास हजार देखि दुई लाख सम्म जरिवाना तथा ऐन बमोजिम कसुर गरेको ठहरेमा अदालतले कसुरदारबाट पिडितलाई दुईलाख सम्म क्षतिपूर्ति भराईदिन सक्ने कानुनी प्राबधान रहेको छ । 
     विगतमा जातिय विभेदका उजुरी दर्ता गर्नमा मात्रै स्साकस्सी गर्नुपर्ने समस्या झैल्दै आएकोमा यो पटक विगतको तुलनामा सहज भएको  दलित अभियान्ता तथा दलित अधिकार मञ्च सिन्ुधपाल्चोकका अध्यक्ष उमेश विश्वकर्माले बताउनु भयो । जाहेरी दर्ता भए संगै न्यनयको लागि ढोका खुलेकोले न्याय यपाउने कुरामा आशाबादि भएको दलित एकता सञ्जालका अध्यक्ष सुनिल मिजारको धारणा छ ।


,