गरे के हुन्न


–विक्रम सुन्दास
लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका वडा नं.३ साविक तातोपानी गाउँ विकास समिति वडा नं. ५  निवासी बर्ष ३५ को सुन्तलीमाया श्रेष्ठ थिङले व्यवससायिक बाख्रापालनबाट राम्रो आम्दानी गरेकी छिन । २०७३ साल देखि १३ रोपनी जग्गामा बाख्रापालन पेशालाई अंगाल्दै  ३४ वटा बाख्रा खरिद, खोर तथा गोठ व्यवस्थापन, घाँस रोपन गरि कुल ४ लाख ७२ हजार लगानीबाट सुरु गरिएको भैरवकुण्ड पशु फर्म व्यवसाय हाल स्थिर सम्पति बाहेक १३ लाख भन्दा बढि लगानी गरेको छ ।  सामुदायिक विद्यालयबाट आइ.एड अध्ययन गरेकी थिङले नोकरीको खोजी गर्नु, विदेश जानु भन्दा आफ्नै गाउँमा व्यवसाय सुरु गरेर अरुलाई पनि  रोजगार दिने सोच सहित यो बाख्रापालन व्यवसाय सुरु गरेकी हुन् ।

स्थानीय स्तरमा  खेर गइरहेको बाँझो जग्गाहरुको सदुपयोग गर्दै  आफ्नै ठाउँमा पेशा व्यवसाय गरेर जीविको पार्जन गर्न सकिने उदाहरण सुन्तलीमाया श्रेष्ठ थिङले  प्रस्तुत गरकी छिन् । जिल्लामा विभिन्न संघ संस्थाहरुले काम गरेको कुरा सुनेपनि कुनै प्रकारको हाल सम्म सहयोग उपलब्ध नहुँदा दुख व्यक्त गर्दछिन, सहयोग भनेको स्थानीय सरकार गाउँपालिकाले गत आर्थिक बर्ष २०७५÷७६ मा खोर तथा गोठ मर्मत सुधारको लागि  ५० हजार उपलब्ध गराएपछि झन् व्यवसायमा उर्जा मिलेको र बाख्रापालन व्यवसाय विस्तार गर्ने योजना बनेको छ ।
हाम्रो सामाजिक मुल्य र मान्यता विकास सँगै उत्पन्न विकृति विसंगतिका कारण पढेलेखेका व्यतिmहरुले कृषि पेशामा आवद्ध हुनुहुँदैन भन्ने सस्कारलाई ठुलो धक्का दिन सफल सुन्तलीबाट युवा जनशक्ति कम ज्याला बढि श्रम छोडेर आफ्नै गाउँघरमा रहेको स्रोत, साधन र सीपको समुचित परिचालन सहित पारिवारीक रोजगारीको सुरु गर्नु पर्ने पाठ सिक्न सकिन्छ । उहाँ भन्नु हुन्छ काम सानो हुँदैन श्रम, सीप र मेहनतले मानिस महान बनाउँछ । व्यवसायमा २ जनालाई प्रत्यक्ष रोजगार दिएर आफुलाई समेत व्यस्त बनाउन सफल सुन्तलीको मासिक कमाई रु ४० हजार भन्दा बढि भएको कुरा बताउनुहुन्छ । गाउँघर छोडेर पारिवारीक सरसम्बन्ध भन्दा टाढा बस्ने बैदेशिक रोजगारका परभुमिमा पसिना र रगत चुहाउने हैन आफ्नै जन्मभुमिमा कुनै न कुनै पेशा व्यवासायको थालनी गरि समृद्ध समाज निर्माणमा टेवा पु¥याउनु पर्ने र स्थानीय सरकारलाई सहयोग गर्नुपर्ने कुरामा उहाँको जोड छ ।
स्थानीय सरकार भोटेकोशी गाउँपालिकासँग समन्वय सहकार्य गरी आर्यआर्जन र रोजगारको क्षेत्रमा काम गर्ने र शैक्षिक बेरोजगारहरुलाई रोजगार दिलाउने लक्ष्य बोकेको भैरवकुण्ड पशु फर्म संचालिका थिङको योजना रहेको छ ।
कुनै पनि प्राविधिक सीप, तालिमविना सुरु गरिएको यो व्यवसाय टिकाउन सुरु सुरुमा कठिन भएको अनुभव सुनाउदै हाल आफु कामको अनुभवी र सिकाइले प्राविधिक बनेकोमा हर्षित थिङ गरे के हुन्न भन्ने सन्देशको पात्र मात्र हैन आज भोटेकोशी गाउँपालिकाको नमुना कृषक बनेकी छिन । यो व्यवसायमा परिवारको साथ सहयोग पनि उत्तिकै पाएको र परिवारकै रोजिरोटी बनेको काम पाएन हैन गर्न जानिएर भन्ने सिकाउन सक्ने पात्रको रुपमा आफुलाई चिनाएकी छिन  ।
स्थानीय सरकार र सँघ संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा कृषि तथा जडिबुटि खेति समेत सुरु गरि अन्यलाई समेत रोजगारी दिन योजनाको साथ व्यवसायमा तलिन थिङ आज बाख्रापालन व्यवसायको सफल व्यवसायि बनेको छिन ।

, ,