शिक्षामा आमुल परिवर्तनको आवश्यकता ःमन्त्री दुलाल


लक्ष्मण बिष्ट
लोकप्रिय समाचार
वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले सबै पूर्वाधारहरुको पूर्वाधार नै शिक्षा भएकाले शिक्षा क्षेत्रमा आमूल परिवर्तन आवश्यकता भएको बताउनुभएको छ । उँहाले कोही पनी शिक्षक, अभिभावक असक्षम  हुँदैनन तर शिक्षा सिकाइमा प्रयोगात्मक नहुँदा असक्षम जस्तो देखिएकाले यसलाइ परिबर्तन गरेर प्रयोगात्मक शिक्षा तर्फ सबै लाग्न पर्ने बताउँनु भयो । मन्त्री दुलालले सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको, शिक्षामा गुणस्तरीयता सामुदायिक विद्यालयबाटै ल्याउनुपर्ने भएकाले सामुदायक बिद्यालय बढी जिम्मेवारी हुन पर्ने बताउँनु भयो । उँहाले उक्त कुरा मेलम्ची नगरपालिका वडा नं ११ को इन्द्रेश्वरी माविको ४६ औँ वार्षिकोत्सव को उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो ।
मन्त्री दुलालले प्रदेश सरकारले दरबन्दी थप्ने, विद्यालय घेराबार, विद्यालय नर्स कार्यक्रम, विद्यालय समायोजन गरी आवासीय विद्यालय निर्माण, नमुना विद्यालय निर्माणजस्ता काम गरिरहेको पनि जानकारी दिनुभयो । प्रदेशभर २० वटा नमुना विद्यालय बनाउने क्रममा इन्द्रेश्वरी मावि पनि परेकाले नाम मात्र होइन, साँच्चै नमुना विद्यालय बनाउन सबै लागिपर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सो अबशरमा
समाजसेवी शिवराम भट्टराईले स्वर्गीय आमा पदमकुमारी भट्टराईको स्मृतिमा अक्षय कोष स्थापन गरी छात्रवृत्ति प्रदान गर्नका लागि १ लाख ५५ हजार रुपियाँ विद्यालयलाई प्रदान गर्नुभयो ।
वार्षिकोत्सव कार्यक्रममा शिक्षक लेखनाथ भट्टराई तथा इन्द्रेश्वरी माविका पूर्व्शिक्षक बुद्धिबहादुर खड्का, हरिप्रसाद सापकोटा, दुर्गा दुलाल र पूर्व कार्यालय सहयोगी कविदत्त सापकोटालाई सम्मान गरिएको थियो ।
हुतराज–अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका संवाददाता ध्रुव दंगाललाई प्रदान गरिएको थियो भने हुतराज–अर्धचन्द्र जनहितकारी संस्थाले पूर्व शिक्षक रामप्रसाद पाण्डे र समाजसेवी शम्भुप्रसाद पाण्डेलाई पनि प्रशंसापत्र प्रदान गरेको थियो । कार्यक्रममा मेलम्ची नगर उपप्रमुख भगवती नेपाल, राप्रपाका नेता फडीन्द्र दाहाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन तथा कार्यक्रम प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा कलाकारहरु सूर्यमणि आचार्य, भीमसेन खतिवडाले सांगीतिक प्रस्तुति दिनुभयो भने विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति राखेका थिए । वडाध्यक्ष रुद्रप्रसाद दुलालको अध्यक्षतामा कार्यक्रम भएको हो ।


, ,