बिभिन्न पाटी परित्याग गरि राप्रपामा प्रबेस


सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगाएत बिभिन्न पाटी परित्याग गरि सयौका संख्यामा राप्रपा प्रबेस गरेको समाचार प्राप्त  भएको छ ।


हामीलाइ प्राप्त समचार अनुसार सिन्धुपाल्चोक जिल्लाको  नेता तथा कार्यकता हर्रु  राप्रपा संयुक्त पार्टीमा प्रवेश गरेका हुन । राष्ट्रिय प्रजातान्त्र पार्टी (संयुक्त) सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका सदस्य तथा प्रदेश नम्बर ३ सिन्धुपाल्चोक जिल्लाका प्रतिनिधि नारायण जङ्ग पाण्डेका अनुसार पिस्कर बाट मात्रै .उमेश खडका,दिपेश खडका,भिमबहादुर खडका,प्रताप खडका,लगायत ३५जना र धुस्कुनबाट . केशब,रबिन्द्र ,सुबरण भँडारि लगायत २५ जना साथै अन्य गा पा बाट ५० जना गरी ११०जनाराष्ट्रिय प्रजातान्त्र पार्टी (संयुक्त) प्रबेश गरेको हो ।  सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका सदस्य तथा प्रदेश नम्बर ३ सिन्धुपाल्चोक जिल्लाका प्रतिनिधि नारायण जङ्ग पाण्डेको सभापतित्वमा काठमाण्डौमा आयोजित  कार्यक्रममा  यसरी प्रबेस गरेका हुन । नब प्रबेसीहरुलाइ स्वागत गर्दै पार्टी अध्यक्ष पशुपतिशमशेर जबराले  पार्टीको बिधान निती निर्दैशिका अनुसार अनुशासित भइ काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाइ अनुरोध गर्दै जनताको  पक्षमा लाग्न अनुरोध गर्नु भयो ।
सो अबशसरमा  पुर्व मन्त्री तथा पार्टीका उपाध्यक्ष बिक्रम पाण्डे ,अतिथिहरुमा प्रबक्ता किशोर थापा र जनक राज पाठक कार्यसम्पादन सदस्य दिलमाया तामाङ (राना) ,प्रेम बलायर, केन्द्रिय सदस्य देव बहादुर , सिन्धुपाल्चोक जिल्ला अध्यक्ष गोपाल श्रेष्ठ,अम्बर थापा लगायत विभिन्न बुद्धिजीविहरुको बाक्लो उपस्तिथी रहेको थियो। माघ२० गते युनिभर्सल क्याफे सभाहलमा आयोजित उक्त कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाले पार्टी प्रवेश तथा नव सदस्यहरु लाई स्वागत कार्यक्रम भब्य रुपम गरिएको  थियो  विभिन्न पार्टीमा आवद्ध कार्यकर्ताह पार्टिमा प्रवेश गर्दा नयाँ उर्जा पलाएको र समाजमा भएको भ्रष्टचार बेथिति र अन्याय विरुद्ध निरन्तर लाग्न पाण्डेले अनुरोध समेत गर्नू भयो  ।

, ,