नेकाद्धारा दोषीलाइ कार्बहीको माग


लोकप्रिय समाचार , नेपाली काँग्र्रेसले  वडाध्यक्ष धामीको हत्यामा सग्लग्नलाइ तत्काल कार्बही गर्न माग गरेको छ । काँगे्रसका प्रमुख सचेत बालकृष्ण खाँडद्धारा जारी बिज्ञेप्तीमा भनीएको छ ,अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका वडा नं. २ का नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष पदम बहादुर धामीको गत माघ २० गते राती सुनियोजित ढंगले हत्या गरिएको घटना प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ ।


जनताद्वारा निर्वाचित जनप्रतिनिधिको हत्या हुन भनेको अत्यन्त दुःखद घटना हो र यस्ता प्रकारका अपराधिक घटनाको नेपाली कांग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ । सकारले शान्ति सुरक्षा कायम गर्नु नसक्नु र आम नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउनु नसक्नु सरकार कमजोर रहेको यस घटनाले प्रष्ट पारेको छ । 

यस घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारवाहीको लागि नेपाली कांग्रेस सरकार एवं सुरक्षा निकायसँग जोडदार माग गर्दछ । साथै यस्ता प्रकारका घटना पुनः दोहोरिन नदिन तथा शान्ति सुरक्षा कायम गर्न सरकारको ध्यानाकर्षण गर्दछ ।

, ,