बतासेका सेनानी थापाको निधन
लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा न २ निवासी सामाजिक अभियन्ता दोश्रो विश्वयुद्धका सेनानी गेद बहादुर थापाको निधन भएको छ । दोश्रो विश्वयुद्धमा लडाई लडे वापत अब्दल सेनानीको उपाधि पाउनका साथेै देशका ५८ जना मध्य उहाँ पनि गोरखा दक्षिण बाहु पाउनु हुने मध्ये एक हुनुहुन्छ । उहाँको बिहिबार बिहान आफ्नै निवासमा निधन भएको हो । उहाँको एक श्रीमती भिमकुमारी थापा र कान्छा छोरा लालबहादुर थापा सहित ८० जना भन्दा बढि परिबार रहेका छन् ।
हाल वडा अध्यक्ष रहनु भएका दिपेन्द्र थापा सहित उहाँका ८० भन्दा बढी नातानातिना रहेका छन् । उहाँका तीन छोरा मध्ये जेठा सोभित बहादुर थापा, माईला हरिबहादुर थापा यस अघि नै स्वर्गीय भई सक्नु भएको छ भने कान्छा छोरा लालबहादुर थापा हुनुहुन्छ । स्वर्गीय गेद बहादुर थापाको विवाह २००४ सालमा भिमकुमारी थापा सँग भएको थियो । २०१७ सालदेखि लगातार २६ बर्ष सम्म तत्कालिन पञ्चायत व्यवस्थामा प्रधान पञ्चको जिम्मेवारीमा रहेर काम गरे वापत देश भरिका ५८ जनालाई सरकारले गोरखा दक्षिण बाहुद्वारा सम्मान गरेको थियो । सिन्धुपाल्चोकबाट उहाँले लगातार २०१७ साल देखि २०४३ साल सम्म प्रधान पञ्चमा चुनाव जितेर जनताको सेवा गरेवापत गोरखा दक्षिण बाहु पाएको चौतारा साँगाचोकगढी नगरपालिकाका वडा अध्यक्ष दिपेन्द्र थापाले बताउनु भयो ।