समाजको तारा मात्र बनीन्न पम्फा रानामगरः बनेकी छिन सबैको सहारा


हे दैव त कति अन्याय गर्दछस भएको बुढेसकालको साहारा एउटै छोरा पनि विदेशमा गएको बेला फुल्न नपाउदा  चिचिलैमा नै चुडेर लगिस् भन्ने विलैना  ५६ बर्षिय  पम्फा रानामगरको  आज भन्दा नौ बर्ष अघि देखि निरन्तर भइरहेको छ । २ छोरी १ छोराले हर्षित उनको परिवारमा २०६७ सालमा छोरा राजेन्द्र मगर अध्ययनको सिलसिलामा होलाइन पढ्न गएको बेला बाकसमा आउदा बज्रपातले संसार रै अध्यारो छायो । तर पनि कति  हार नमानि शोकलाई शक्तिमा रुपान्तर गर्दै धैर्यताको साथ बढो संघर्ष ,दुख कष्ट सहेर उनिहरुको परिवारले सामाजिक काम गर्ने र गरीव,दलित तथा विपन्न समुदायको परिवारहरुलाई सहयोग गर्र्ने उदेश्यले छोराको नाममा राजेन्द्र रानामगर स्मृति प्रतिष्ठान स्थापना गरे । सो संस्थाको अध्यक्ष एवम राजेन्द्रको आमा पम्फा रानामगर सँग लोकप्रिय संचारकर्मी विक्रम सुन्दास वीच गरिएको कुराकानी................................


नमस्कार १. तपाईको परिचय दिनुहोस् ?
नमस्कार म पम्फा रानामगर मेरो घर प्रदेश नं. ३, सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२, रानाथोकमा पर्दछ । छोराको सम्झनामा हामीले राजेन्द्र रानामगर स्मृति प्रतिष्ठान संचालन गरेको छौ स्थापना देखि हाल सम्म आफै अध्यक्ष पदमा बसेर संचालन गरि रहेको छु । यसै संस्थाबाट गरेको सामाजिक कार्यले गर्दा हाल  महिला वडा  सदस्य नेकपा बाट विजेता हासिल गरेको हुँ ।
२.स्मृति प्रतिष्ठान संस्था कसरी सुरु गर्नु भयो ? पृष्ठभुमि बताई दिनुहोस ।
म  सानै उमेरमा विवाह गरेर पराई घर समाल्न पुदा मैले कुनै  औपचारिक वा अनऔपचारिक शिक्षा हासिल गर्न सकिन । ३ सन्तानको आमा बनेपछी  मलाई यस्तो लाग्न थाल्यो मेरो छोरोछोरी शिक्षा आर्जनबाट कहिले पनि पछाडी हट्न नपरोस भन्नेर छोरालाई विदेशमा अध्ययन गराउन पढाउदा कुनै कारण पत्ता लाग्न नसक्ने गरि मृत्यु भयो । छोराको शोकका कारण म पुरै पागल बन्न पुगेपछि मेरो परिवार र माइतिको सहयोगमा छोराको नाममा संस्था स्थापना गर्ने र विदेशी स्वदेशी सहयोगी मनहरुको साथ र सहयोगमा गरिव विपन्न परिवाहरुको लागि कोष स्थापना गर्ने छात्रवृद्धिहरु उपलब्ध गराउने सल्ला सुझाव सहित म अगाडी बढे र राजेन्द्र रानामगर स्मृति प्रतिष्ठान संचालन गरे ।
३. स्मृति प्रतिष्ठानले कस्ता कस्ता कामहरु सम्पन्न गरि सकेके छ ?
छोराको काजक्रिया खर्ज भनेर आएको १ लाख ५० हजार रुपैयाको अक्षयकोष बाट सुरु गरेको कोषबाट बालबालिकाहरुलाई,विद्यालय पोषक, किताव,कलम सहयोग गर्दै स्थानीयहरुको साथ सहयोग आफन्तहरुको सहयोग र नगपालिकाको सहयोगमा  चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ स्थित नववुद्ध विहार ,गुम्बा र प्रतिक्षालय निर्माण गरेको छौ , विनाशकारी भुकम्प बैशाख १२ ,१३ र २९ बाट विचलित समुदाय र छिमेकीहरुको लागि बैदेशीक सहयोगमा १ सय  बन्डल जस्ता  दुइ सय परिवारको लागि वितरण ,खानाहरुको वितरण गर्ने कार्य संगै हाल स्थानीय बासिन्दाहरुलाई असाध्यै अप्ठ्यारो परेको शव वाहन सेवा प्रदेश नं.३ स्तरीय सेवा संचालनामा ल्याएको छौ । साथ साथै अन्यमा परेका ,घरेलु हिंसाको सिकार बनेका र राज्यको तिनै अंग सम्म पहुच नभएका दुखिहरुलाई सहयोग सेवा उपलब्ध गराई राखेको छु ।
४. शव वहान खरिद बारे बताइ दिनुहोस ?
शव वहान खरिद गर्न १० लाख ७ हजार  ३ सय  बीस भन्सार कर छुट गरि तिरेका हौ । सो रकम हामिलाई  चौतारा साँगाचोकगढी नगरपालिका र  १२ नं.वडा कार्यालयबाट र कोषमा जम्मा भएको सहयोगि मनहरुको सहयोग बाट  जुटाएका छौ , भन्सार छुटको लागि वडाको सिफारिस ,जिल्ला जनसंस्वाथ्यको सिफारिस र स्वास्थ्य मन्त्रालयको सिफारिस र अन्य कागजपत्रहरु सहित प्रक्रिया पुरा गरे र २०७६ साल पुष २८ गते देखि सेवा संचालनमा ल्याएका छौ । यो सेवा सर्वसाधरण, विपन्न समुदाय,गरिव दुखिहरुको लागि ३ नं. प्रदेश भित्र जुन सुकै ठाउँमा पनि उपलब्ध गराउने छौ ।
५. स्मृति प्रतिष्ठानको आगमी योजना ?
हामी सँग नियमित आम्दनीको स्रोतको अभाव भएकै कारण बार्षिक,अर्धबार्षिक तथा पंचबर्षिय योजनाहरु विस्तृत नभए पनि  विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोग र स्थानीय ,प्रदेश र संघ  तिनै सरकारको सहयोग तथा साथमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ र ११ को  कुनै ठाउँमा वृद्ध हेरचाह तथा स्याहार केन्द्र स्थापना गरि नियमित संचालन गराउने ,स्थानयि स्तरमा कुनै पनि काम नगरि त्यसै कुलतमा फसेर बसेका युवा जनशक्तिहरुलाई उत्पादनमुलक सीपहरु प्रदान गरि रोजगार सिर्जना गरि समृद्ध समाजको थालनी गर्ने , घरेलु हिंसा तथा महिला माथि हुने दुरव्यवहार ,यौन हिंसा ,बलत्तकार  र बोक्सी आदिलाई न्युनिकरण गराउन सचेतामुलक कार्यक्रमहरु संचालन गर्ने ,शैक्षिक गुणस्तरको लागि विद्यालयहरुमा लाइबेरी,ल्याप , खेलकुद सामाग्रीहरु र शैक्षिक सामाग्रीहरुको सहयोग गर्ने ,खानेपानी ,चर्पि ,बाटो, चौतारा ,पाटी र नहर आदि भौतिक पुर्वाधारहरु निर्माण गर्ने साथसार्थ राजेन्द्र रानामगर स्मृति प्रतिष्ठानलाई बहु आयामिक क्षेत्रमा परिचित गराउर्दै यसका कार्यक्षेत्रमा सुधार विस्तार गर्ने योजनामा हामि जुटेका छौ ,सफलताको लागि  तिनै तहका सरकार, सहयोगी हात ,सामाजिक संघ संस्था र बैदेशिक सहयोग र समुदायको साथ अनिर्वाय आवश्यकता पर्दछ ।
६. तपाई आफु पनि जनप्रतिनिधि हुनुहुन्छ ,स्थानीय सरकार नगरपालिका सँग यहाँको प्रतिक्रिया कस्तो छ ?
यो प्रश्नको लागि सरलाई विशेष धन्यवाद । यो विषयमा के भन्न चाहान्छु भन्ने नगरपालिका यस स्मृति प्रतिष्ठानको बाबुका भुमिका मा देख्दछु किन भन्ने जुन साथ सहयोग विना प्रतिष्ठानले कुनै पनि काम लक्ष्य हासिल गर्न सक्दैनन थियो । म हिजोको दिनलाई पुन स्मरण गर्न चाहान्छु गाविस हुदाँ र जनप्रतिनिधि विहिनमो अवस्थामा कुनै कार्यक्रमहरु अगाडी बढाउन सकेका  थिएनौ तर हाल नगरपालिकाको सहयोगकै  कारण प्रदेश स्तरको शव वाहान सेवा संचालन गर्न सफल भएका छौ सो काम सफल गराउन हुने वडा अध्यक्ष धु्रवराज गिरी र मियर अमानसिंह तामाङलाई हाम्रो संस्थाले कहिले पनि विर्सन सक्दैन ,आशा छ आगमी सामाजिक कामहरुमा उहाँहरु दुवै जनाको यो भन्दा बढि साथ सहयोग मिल्ने छ ।
७.प्रतिष्ठान अध्यक्षको हैसियतले  के सन्देश दिन चाहानुहुन्छ ?
म आफु एक अशिक्षित वृद्ध महिला भएकै कारण सामाजिक रुपमा आफुले बोकेका सपना , लक्ष्यहरु  र मुदालाई सफल बनाउन धेरै कठिन र अप्ठ्योरो अवस्थाहरु आई परेका छन । मैले  जानी नजानी धेरै सहयोगहरुको अपेक्षा गर्नु परेको छ तर पनि छोरो गुमाए कुनै गुनासो छैन सबैको साथ ,सहयोग ,सल्ला सुझावले गर्दा हजारौ छोराहरु पाएको छु , म सधै यसैमा गर्भ  गर्दछु । मलाई कुनै प्रकारको लोप पाप र इश्या छैन जसले गर्दा भ्रष्ट्रचार नगर्न सवैलाई अनुरोध गर्दछु । समृद्ध समाज निर्माणमा नेता कार्यकर्ता,जनप्रतिनिधि र कर्मचारीहरु सुशासन पारदर्शीको साथसाथै इमान्दारीपुर्वक लाग्नु हुनेछ भन्ने विश्वास गरेको छु । भोलि आउने पुस्ताको लागि गुणस्तर प्राविधिक शिक्षा, स्वास्थ्य वातावरण, विपद् प्रतिकार्यको क्षमता अभिवृद्धि, कुनै प्रकारको माहामारी आउन नदिने व्यवस्था सहितको समुन्नत समृद्धि घर परिवार समाज निर्माण गर्नु तपाइ हामी सबैको कर्तव्य हो । समृद्धि नेपाल ,सुखी नेपालीको नारा सफल गराउन विना स्वार्थ लाग्न अनुरोध गर्दै आफुले कमाएको रकमको कर तिरे जस्तै केहि प्रतिशत रकम दुखि, गरीव असाहाय  टुहरा र वृद्धा व्यक्तिहरुको सेवाको लागि लगानी गर्नुहुन सबैमा हार्दिक विनम्रता पुर्वक अनुरोध गर्दछु । पुण्य कमाउन चारधाम हैन म ,मेरो र हाम्रो व्यवहारमा सुधार ल्याइ मन शक्ति,कर्म शक्ति र समय शक्ति सहित सेवाको भाव प्रकट गर्नु पर्दछ भन्ने सन्देश यस अन्तर र्वाता बाट दिन चाहान्छु ।
८. अन्तमा हजुरलाई भन्न मन लागेको कुरा जुन मैले सोध्न छुटाएकी ?
सर्वप्रथम विक्रम सुन्दास सर नेत्रज्याति संचार समुह र लोकप्रिय दैनिक समचारलाई धेरै धेरै धन्यावद । बर्षौ देखि मेरो मनमा कुझिँएर रहेको कथा व्यथा तथा रहरहरु प्रत्रिका मार्फत पाठक सामु पठनयोग्य गराउनु भएको छ, यहाँहरुको लक्ष्य उदेश्यले सदैव सफलता हासिल ग¥योस । अझ सिन्धुपाल्चोक जिल्ला मात्र नभइ देश तथा विदेशमा रहेका आवजविहिन हरुको सहयात्री ,सहयोगि बनोस शुभकामना राख्दै के सुझाव पेश गर्दछु भन्ने यहाँको समाचारमा नियमित कुनै कुनामा स्थानीय स्तरमा रहेका जात, वर्ग,समुदाय लिंग,भाषा र धर्मको अवस्था समस्या र समधानको लागि सरोकार निकायको योजना प्रकाशन गरि राज्यलाई सहयोग गर्नुहुन अनुरोधको साथ जुन अवसर मलाई मेरा कुराहरु राख्ने मौका प्रदान गर्नु भएको का पुन एक पटक धन्यवाद व्यक्त गर्दछु ।

, , , , ,