साँगाचोकमा राप्रपाको समिती गठन


उज्वल सिग्देल
लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला, राष्ट्रीय प्रजातन्त्र पाटी संयुक्तले संगठन बिस्तारमा तिब्रता दिन थालेको छ । यसै शिलसिलामा सिन्धुपाल्चोक जिल्लाको मासिक रुपमा बस्दै आएको मासिक जिल्ला कार्य समितीको अवसर पारेर साँगाचोकमा वडा महिला समिती गठन गरेको छ । राप्रपा संयुक्तका केन्द्रीय सदस्यद्धय बाबुराम खड्का, एस्मीन ढुगांना बिस्ट, बागमती प्रदेस सदस्य नारायण जंग पाण्डे, महिला संगठन विभागका केन्द्रीय महासचिब कुमारी तामाङ जिल्ला कार्य समितीका सभापती नरसिंह श्रेष्ठ (गोपाल) लगायत जिल्लाकार्य समितीका पदाधिकारीहरुको बिशेष उपस्थितीमा चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १२ को वडा महिला समिती गठन गरेको हो । दिपा गिरीको अध्यक्षतामा ११ सदस्यीय समिती गठन भएको छ ।

उपाध्यक्षमा रमादेबी श्रेष्ठ उमादेबी गिरी, नबीना गिरी, सीता गिरी, बाबुमाँया श्रेष्ठ, लक्ष्मी गिरी, दिपा गिरी, गिता गिरी, नेपु गिरी र तिलमाँया श्रेष्ठ रहनु भएको समिती गठन गरेको छ । यसैगरी प्रेम राज गिरीको अध्यक्षतामा ११ सदस्य वडा समिती समेत गठन गरिएको छ । वडा समितीको उपाध्यक्षमा भरत गिरी सचिबमा ध्रुब राणा कोषाध्यक्षमा सिता गिरी र सदस्यहरुमा रामहरी पुरी, कृष्ण बहादुर गिरी, उमेश गिरी, राधा गिरी, रुपेश गिरी, चिनबहादुर तामाङ्ग रहनु भएको छ भने राप्रपाका नेता तथा पुर्ब अध्यक्ष नमलाल श्रेष्ठको संयोजकत्वमा तिन सदस्यीय सल्लाहकार समिती समेत बनेको छ । जसमा यम बहादुर गिरी र हेम कृष्ण श्रेष्ठ सदस्य रहनु भएको छ । राप्रपा संयुक्तको हरेक महीना बस्ने नियमित जिल्ला कार्य समितीको बैठक पनि साँगाचोकमा नै बसेको नेता नमलाल श्रेष्ठले जानकारी दिनु भयो ।
उहाँका अनुसार अब जिल्लाले संङ्गठन बिस्तारका लागी हरेक वडा वडामा नै जिल्ला कार्य समितीको बैठकको आयोजना गरेर वडाका कार्यकर्ताहरुको मनोभावना बुझ्न लागेकोमा खुशी लागेको बताउनु भयो । यस अघि जिल्ला कार्य समितीले वडा कार्यालयको लागि आवश्यक फर्निचर समेत वडा कार्यलयलाइ दिएको थियो । जिल्ला कार्य समितीको बैठक पनि साँगाचोकमा नै बसेको थियो । जिल्ला अध्यक्ष नरसिंह श्रेष्ठको सभापतीत्वमा बसेको बैठकले बिभिन्न पालीका तथा वडाहरुमा समितीलाइ सक्रीय गराउँने निर्णय गरेको पार्टी पार्टीका जिल्ला प्रबक्ता हरि बहादुर नेपालले जानकारी दिनु भयो । यसैबिच नवगठीत महिला समितीहरुलाई कार्यकालको सफलताको शुभकामना दिँदै पार्टी जिल्ला अध्यक्ष गोपाल श्रेष्ठले देशभरी नै राप्रपा प्रतीको जन–बिश्वास बढेकाले राप्रपा संयुक्त पनि जनचाहना अनुसार काम गर्न र गाँउ–गाँउमा आफ्नो निती तथा कार्यक्रम लानका लागी स्थानीय स्तरमा बैठकको आयोजना गरेको बताउनु हुँदै नयाँ कार्यसमितीले पार्टीको निती निर्देशनमा काम गर्न पर्ने बताउनु भयो । राप्रपा संयुक्त ३ नं प्रदेश सदस्य नारायण जङ्ग पाण्डेले गाँउ–गाँउबाट महिला युवा बुद्धीजिबीहरुले राप्रपालाइ यसरी साथ दिएकोमा खुशी ब्यक्त गर्दै अब नेपाली नागरिकहरुले सबै पाटीको विचारलाइ अनुभब गरिसकेकाले अरु भन्दा राप्रपा नै सत्यतामा रहेको स्थानीयहरुको भनाइ रहेको बताउनु भयो । उहाँले धर्ममाथी राजनीती गर्न नहुने बताउँदै धर्म सस्कार र संस्कृतीको सबै मिलेर जगेर्ना गर्नपर्ने बताउनु भयो । कार्यक्रममा केन्द्रीय सदस्यद्धय बाबुराम खड्का, एस्मीन ढुङ्गना बिष्ट, कुमारी तामाङ्ग लगायतले शुभकामना दिनु भएको थियो ।

, , ,