गोल्मादेवीले मनायो ३७औ बार्षीक


श्री गोल्मादेवी मा।वि। चौतारा साँगाचोकगढी नगरपालिका वडा नं। ९ को ३७ औं वार्षिकोत्सब तथा ११ औं अभिभावक सम्मेलन एवम् भू।पू। विद्यार्थी पुनर्मिलन समारोह सम्पन्न भएको छ। विस २०३९ सालमा स्थापित विद्यालय विभिन्न आरोह अवरोह र उतारचढाव पार गर्दै शिक्षा मन्दिर सहित सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरि ३७ औं वसन्तमा प्रवेश गरेको हो। २०७२ को विनाशकारी महा भु९कम्प ले विद्यालयको सम्पुर्ण भवन ध्वस्त पारेसँगै नियमित पठनपाठन र क्रियाकलाप सञ्चालनमा अवरोध रहिरहदा अस्थाई संरचनामा कक्षा सञ्चालन गर्दै आएकोमा ब्म्द्य को ६ करोड आर्थिक सहयोगमा सम्पन्न भएको हो।
कार्यक्रम विद्यालय विव्यस अध्यक्ष   रेशम तामाङको अध्यक्षता र चौसागढी नगर प्रमुख अमान सिं तामाङको प्रमुख आतिथ्यतामा भएको थियो । प्रधानाध्यापक ज्ञान ब। तामाङले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।   कार्यक्रममा बोल्दै नगर प्रमुख तामाङले नगरले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो। नतिजामुखि र सैद्धान्तिक शिक्षाभन्दा व्यवहारिक शिक्षा आजको आवश्यकता रहेका नगर प्रमुख  तामाङको भनाई रहेको  छ । कार्यक्रममा  नगर प्रमुख अमान सिं तामाङ ,राष्ट्रपति चुरे भावरका बोर्ड र प्रतिनिधि,स्थानिय बुद्धिजीवी,समाजसेवी, शिक्षा प्रेमि, समाजका अगुवा व्यक्तित्व लगायत अभिभावक र विद्यार्थीको बाक्लो उपस्थिति रहेको  सुवास गौतमले जानकारी दिनुभएको छ।



,