दोलखाको भीमेश्वर मन्दिरमा पसिना आए पछी अनिष्ट हुने भय


लोकप्रिय समाचार
नेपालको प्रसिद्ध दोलखाको प्राचिन, ऐतिहासिक मन्दिर भीमेश्वर मन्दिरमा पसिना आएको छ । बिहीबार बिहान ६ः४५ बजे शिलामा पसिना आएको र ८ः२५ बजे रोकिएको मन्दिरका मुख्य पुजारी काशीनारायण श्रेष्ठले जानकारी दिनु भएको छ । मन्दिरको शिलामा दायाँ तथा बायाँतर्फ पसिना आएको दोलखामा पसिना आएमा अनिष्ट हुन्छ भन्ने परम्परा रहेको स्थानीय शान्तकृष्ण श्रेष्ठले बताउँदै भीमसेनलाई पसिना आएमा राष्ट्रप्रमुखले क्षमा पूजा गर्नुपर्ने चलन रहेका कारण क्षमापूजाका लागि पसिना पुछेको कपास काठमाडौँ राष्ट्रपति कार्यालय पठाइएको थाहा भएको  छ । शिवरात्रिको पूर्वसन्ध्यतामा प्रसिद्ध मन्दिर दोलखाको भीमेश्वरको शिलामा पसिना आएपछि दर्शन गर्नेहरुको भीड लागेको छ । शिवरात्रिको अघिल्लो दिन बिहीबार बिहान भीमेश्वरको शिलामा पसिना आउन सुरु भएको थियो । पसिना आएपछि प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा सहितको सरकारी टोली पूजाका लागि मन्दिर जानु भएका छन् । भीमेश्वरको शिलामा पसिना आए मुलुकमा अनिष्ट हुने जनविश्वास गरिन्छ ।

भीमेश्वरलाई पसिना आएपछि राष्ट्रप्रमुखबाट पूजाका सामाग्रीसहित दानदक्षिण प्राप्त भएपछि क्षमा पूजा गर्ने चलन रहि आएको छ । शिलाको दाहिने भागमा पसिना आउँदा राज खानदान वा सरकारलाई अशुभ हुने र देब्रे भागमा पसिना आउँदा जनातालाई अशुभ हुने जनविश्वास छ । भीमेश्वरलाई पसिना आउने साक्षात शक्तिपीठ दोलखा भीमेश्वरले देशमा हुने प्राकृतिक तथा राजनीतिक अनिष्ठहरुको पूर्वसूचना दिने गरेको पाइन्छ । भीमेश्वरको शिलामा पसिना आउँदा मन्दिरमा घण्टा, नगरा बजाउँदै स्थानीय भक्तजनहरु क्षमादानको कामना गर्ने गरेका छन । भीमेश्वरको रुद्र अवतार काली अवतार भीम अवतारको रुपमा  रहेको बिश्वास गरिन्छ । एकै शिलामा तीन अवतार हुने भएकोले भीमेश्वरको मन्दिरमा तीन फरक फरक स्वरूपमा पूजाअर्चना गरिन्छ । एकैदिन कहिले रुद्री गरिन्छ, कहिले बलि चढाइन्छ, त कहिले गरगहना लगाएर सिंगारिएको मुर्तिमा पूजाआजा गरिन्छ ।
 भीमेश्वर मन्दिरमा वडा दशै, चैते दशै, एकादशी, बालाचतुर्दशी, बैशाख पूर्णिमा, कार्तिक पूर्णिमा लगायतका चाडबाडमा बिशेष पूजाअर्चना हुनुको साथै जात्रा लाग्ने गर्द्छ । स्थानीय नेवार समुदायले इष्टदेवताको रूपमा सम्मान गर्ने दोलखा भीमेश्वरको पूजा तथा दर्शन गर्दा रोग हरण, मनोकांक्षा पूरा हुने, व्यपार ब्याबसाय सफल हुनुका साथै पराक्रम बढ्ने जन बिश्वास गरिन्छ । दोलखाको भीमेश्वर मन्दिरमा  पसिना आए पछी अनीष्ट हुने भय भएको छ ।  दोलखा भिमसेन मन्दीरमा पसिना आउँदा हरेक पटक घटनाहरु घटने गरेको छ ।

, , ,