चौताराको खेलाडी भक्तपुरमा


लोकप्रिय समाचार
आगामि फाल्गुन ८ गते देखि १२ गते सम्म भक्तपुरमा हुने एथेलेटिक्स खेल प्रतियोगितामा भाग लिनका लागि चौतारा साँगाचोक नगरपालिकाको खेलाडी टोली बुधबार त्यस तर्फ प्रस्थान गर्ने भएको छ । भक्तपुर नगरपालिकाद्वारा आयोजना गरिएको उक्त एथेलेटिक्स खेल प्रतियोगितामा भाग लिनका  लागि चौतारा साँगाचोकगढी नगरपालिकाको तर्फबाट खेल प्रशिक्षक सुबर्ण लाल श्रेष्ठको नेतृत्वमा  खेलाडीहरु दर्पन श्रेष्ठ, उज्वल श्रेष्ठ, साजन सापकोटा, प्रकाश खत्री लगायतका टोली भक्तपुर जान लागेको हो ।

राष्ट्रिय स्तरको खेलाडीहरुको विच प्रतिस्पर्धा हुने खेलमा भाग लिन जान पाउँदा आफुलाइ खुसी लागेको बताउँदै खेल प्रशिक्षक सुबर्ण लाल श्रेष्ठले बताउनु भयो । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पाण्डेले खेलाडीहरुलाई भक्तपुर  प्रस्थानका लागि  शुभकामना व्यक्त गर्दै नगरपालिकाको शिर सदाझै उच्च राखेर आउनका लागि अनुशासित र मर्यादित तरिकाले खेल खेलेर विजय हासिल गर्न सफल रहोस भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो  ।

, ,