सीमान्तकृत जमिनको सदुपयोग संगै स्थानीयको जीविकोपार्जन सुधारमा सहयोग


लोकप्रिय समाचार
बिक्रम सुन्दास 
उद्योग पर्यटनवनतथावातावरणमन्त्रालय बाग्मति प्रदेश , डिभिजन वनकार्यालय सिन्धुपाल्चोकको आर्थिक सहयोग र सामाजिकअभियान नेपालसिन्धुपाल्चोकको सहजिकरणतथा रानीपोखरी सामुदायिकबनउपभोक्ता समुहचौतारा साँगाचोकगढीनगरपालिका ८ को समन्वयनमाफलफुल रोपन कार्यक्रम सम्पन्नगरिएको छ ।

सामुदायिकवन क्षेत्र र नीजीजमिनको वीचमा पर्ने सीमान्तकृत जमिन सैयौ बर्ष देखि खालिभएर कुनै पनिउत्पादनमुलककार्यमाप्रयोग नभइ खेरा गहिरेको अवस्थामा समउचितव्यवस्थापन सहितकार्यक्रमआयोजनागरिएको हो  ।
चौतारा साँगाचोकगढीनगरपालिकावडा नं. ८ वडाअध्यक्षतिर्थ बहादुर श्रेष्ठ, वनडिभिजनकार्यालय सिन्धुपाल्चोकको सुचनाअधिकृत तुलारामघिमिरे ,सव डिभिजनकार्यालय प्रमुख हेम चन्द्र महतो र सामाजिकअभियान नेपालको अध्यक्ष सीताथापाको आतिथ्यतामातथा रानीपोखरी सामुदायिकवनउपभोक्ता समुहको अध्यक्ष बोज बहादुर कार्कीको अध्यक्षतामा , स्थानीयहरुको सक्रिय सहभागितामाऔपचारिक फलफुल रोपन कार्यक्रम २०७६ फागुन १३ गते देखि सुरु गरिएको हो  ।
सामुदायिकवन क्षेत्र र नीजीजमिनको वरिपरि रहेको सीमान्तकृत जमिनकरिब डेड रोपनीजमिनमाजापनीजहलावेदन, नास्पति,आरु,आरुबखडा र यबोकाडो आदिविरुवाको जातहरु वृक्षरोपन गरिएको छ । रानीपोखरी सामुदायिकवनउपभोक्ता समुह सदस्यहरुको स्वामित्व र हेरचाहमा रहने गरि कार्यक्रमको आयोजन गरिएको छ । स्थानीयलाई  घरैमारोजगारदिएर आर्यआर्जन बढाउन स्थानीय सरकारले  निति योजनातयार गरेको कुरा बताउदै वडाअध्यक्षतिर्थ बहादुर श्रेष्ठले अवविरुवा रोपेको ठाउँमाचौपायनछोडन अनुरोध  गर्नु भएको छ ।विरुवाको संरक्षण हेरचाहमाविशेष गरि स्थानीयबासीहरुको भुमिका रहने हुदावडा र नगरपालिकाले गर्नु पर्ने सवै किसिमको सहयोग गर्ने कुरामाजोड दिएकाछन ।
साथै  डिभिजनवनकार्यालयसिन्धुपाल्चोकको सवै सीमान्तकृत जमिनलाई खालि नराख्ने योजना अनुसार चौतारासाँगाचोकगढी नगरपालिकावडा नं. ८ इर्खु बाट सुरु गरिएको फलफुल रोपन कार्यक्रमप्रभावकारी भएको कुरा सुचनाअधिकृत तुलारामघिमिरेले बताउनु भयो । सबै गाउँपालिका र नगरपालिकाको बार्षिक नीतितथाकार्यक्रममाआगामीदिनमा संचालनगर्नु पर्ने कुरा बताउदै स्थानीय स्तरमाबनमाआधारित उद्यमव्यवसाय संचालनगर्न निरन्तर सहयोग उपलब्ध गराउने कुरा जानकारी गराउनु भएको छ ।
सामुदायिकवनको आम्दानीमाअभिवृद्धि गराउदै स्थानीयलाई रोजगार सिर्जन गर्ने परियोजनाहरु संचालनगर्दै आयएको सामाजिकअभियान नेपालको अध्यक्ष सीताथापाले सर्वप्रथम स्थानीयहरुको मागमाआधारित कार्यक्रमले मात्रउपलब्धीहासिलहुने हुदाँचौतारा साँगाचोकगढीनगरपालिकावडा नं. ८ रानीपोखरी सामुदायिकवनउपभोक्ता समुहको आवश्यकता ,माग र चहानाअनुरुपकार्यक्रमसंचालनगरिएको हो । थापाकाअनुसार धेरै पटकवन समुहले मागगर्दै संरक्षण,सुरक्षा र उपयोगिताग्यारेन्टीपश्चातमात्रआयोजनागरिएको हो । डेढ रोपनीजमिनमा १ हजार विरुवा रोपन गर्ने साथै बासिन्दाहरुको नीजिजग्गामा समेत  फलफुल रोपन गरिने छ । आगमीदिनमानगरपालिकावडाकार्यालय सँग सहकार्य  समन्वयगर्दै यस अभियानलाई विस्तार गरिने संस्थाको योजना रहेको समेत सो अबशरमा थापाले जानकारी दिनु भएको  छ । 


, , ,